मन्त्री अधिकारी चढेको हेलिकप्टर दुर्घटनाः सात जनाकै मृत्यु

  
  प्रकाशित मितिः बुधबार, फाल्गुन १५, २०७५       | 115 Views   ||

काठमाडौँ, १५ फागुन । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको निधन भएको छ । मन्त्री अधिकारी चढेको हेलिकप्टर ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीच भागमा दुर्घटनाग्रस्त अबस्थामा भेटिएको हो ।

संघीय प्रहरी इकाइ धरानका एसएसपी शरद खत्रीका अनुसार दुर्घटनामा परेका सबै सातजनाकै निधन भएको छ । घटनास्थलमा शव क्षतविक्षत अवस्थामा भेटिएको छ । घटनास्थलमा काठमाडौंबाट एउटा हेलिकप्टर पठाईंदै छ ।

दुर्घटनामा ज्यान गुमाउनेहरु

रविन्द्र अधिकारी मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्ययन

आङछिरिङ शेर्पा, अध्यक्ष यति एयरलाइन्स

वीरेन्द्रप्रसाद श्रेष्ठ उपमहानिर्देशक नेपाल नागरिक उड्ययन प्राधिकरण

अर्जुनकुमार घिमिरे, मन्त्री अधिकारीका पिएसो

युवराज दाहाल, प्रधानमन्त्री कार्यालयका सल्लाहकार

धुब्रदास भोछिभया, इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण

हेलिकप्टर क्याप्टेन, प्रभाकर केसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *