विप्लवलाई प्रतिबन्ध लगाएपछि प्रचण्ड र ओली वीच भेट

  
  प्रकाशित मितिः बुधबार, फाल्गुन २९, २०७५       | 142 Views   ||

काठमाडौँ २९ फागुन । सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने निर्णय गरेसँगै राजनीति क्षेत्रमा नयाँ तरङ्ग उत्पन्न हुन पुगेको छ । विशेषगरी सतmा पक्ष नेकपा भित्र यो विषयले ठुलै बहस सिर्जना गर्न पुगको छ । विप्लव नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगाउनु हुन्थ्यो वा हुन्नथ्यो भन्ने विषयको पक्ष वा विपक्षका मतहरु बाहिर आइरहेकाछन । यहि विषयमा केन्द्रित भएर आज प्रधानमन्त्री र नेकपा अध्यक्ष प्रचण्ड बीच छलफल भएको छ ।

विप्लव समूहलाई प्रतिबन्ध लगाउने विषयमा पार्टीभित्र कुनै छलफल नभएको भनेर नेकपाका दोस्रो तहका नेताहरुले समेत असन्तुष्टि जनाइसकेका छन् । सरकार विप्लव समूहलाई प्रतिबन्ध लगाउने निर्णयमा किन पुग्यो र यस विषयामा पार्टीभित्र देखिएको असन्तुुष्टि कसरी समाधान गर्ने भन्ने विषयमा प्रचण्डले ओलीको ध्यानाकर्षण गराएको बुझिएको छ ।
बुधबार बिहान मात्रै नेकपाका शीर्ष नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले अध्यक्ष प्रचण्डलाई भेटेर यस विषयमा कुरा राखेका थिए ।

उनीहरुले विप्लव पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णयबारे पार्टीमा कुनै छलफल नभएको र पार्टीलाई भद्रगोल अवस्थामा पुरयाएको, सांगठनिक एकीकरणका बाँकी काम अल्मलाएको भन्दै नीतिगत निर्णय गर्न तत्काल सचिवालयको बैठक बोलाउन प्रधानमन्त्री ओलीलाई दबाब दिन प्रचण्डलाई आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *