कसरी हराए गाउँका गीत ?

  
  प्रकाशित मितिः शनिबार, चैत्र १६, २०७५       | 127 Views   ||

नवीन विभाष
फागुन पहिलो साता एक बेलुकी पहरा नै पगाल्लाजसरी एउटा सुदूर गीत काठमाडौंमा झरिरहेको थियो । त्यो अर्गानिक आवाजको बाटो भएर हिँडेको गीत पछ्याउँदै थिए– मादल र मुरलीसहित थप दुईचार बाजाले । त्यो आवाज थियो, सुदूरपश्चिमकी डिक्रा गाइनेको । र, उनको गला गाँस्दै थिए, उनकै पति कित्थ्याले ।सुदूरपश्चिमे घामपानीले बुनेको स्वर बोकेर लामो अन्तरालपछि मात्र डिक्रालाई राजधानी साइत जुरेको थियो । त्यस साँझ उनीसँगै थिए, गायिका झुमा लिम्बू र कवि हेमन्त विवश पनि ।

भीरबाट घाँसका मुठा पल्टँदै खोल्सामा झरेजसरी डिक्रा हृदयबाट झरेका गीत र तिनका गेडाले बल्झाए, एक वृद्धदम्पतीलाई । ती दम्पतीले १२ वर्षअघि यसैगरी गाएथ्यो । ७१ हिउँद काटेपछि काठमाडौंमा गीत रेकर्ड गराउँदा मादलले पछ्याइरहेथे लोकगायक खर्कबहादुर बुढा मगर, कृष्ण पुन र इमानसिंह बुढा मगरले । र, एकैदिन सात गीत रेकर्ड गराएर दम्पती लखतरान थियो ।

डिक्रा र ती दम्पतीमा फरक यत्ति थियो कि, ‘चक्के गीत’ जमानाकी ‘डेउडा डन’डिक्रा अचेल गुमनाम छिन् भने आफ्नो यामका ‘वनपाखा डन’ ती दम्पती सधैँलाई गुमनाम–गुमनाम । स्यानीमाय, साइँलीबरै, साइलीजी, फाँक, उत्रा, ख्याली र वनगारी जातेरैथाने गीताकृति रोल्पाली वनपाखामा फुलेर पुस्ता–पुस्ता हुँदै त्यो दम्पतीको गलाबाट झरेका थिए । ‘बरै’ अल्बम मालामा उनिएका गीतले भन्थेः
चिज खानु चिचिन्नाय कर खानु करेली
मन रोएको कोइ देख्दैन नरोयै ९नरुनू० परेली
गाई दुहेँ भैसी दुहेँ कटौरीमा सिर्का
खाउँ पानी धमिलो लाग्छ नखाउँ पानी तिर्खा
तल परो सिम्री जिउला माथि परो रुङा
कर्णाली तरने भन्छु पल्टन्छ कि डुङ्गा
‘बरै’का गीति गेडामा गला भर्ने वृद्धदम्पती थिए, रोल्पा राङ्कोट–७, जैपाका दिलसरी÷दलबहादुर पुन ।
०००
रोल्पाली ९मगर० लोकजीवन गीतबाट सुरु भएर गीतले नै बिट माथ्र्यो ।
बिहान चार बजेतिर भाले बास्थ्यो । दिलसरी आँखा मिच्दै उठ्थिन् । चुलोको सीधा चार हातमाथि झुन्डिएको भारामा सुकाइएको अन्न९मकै, गहुँ, जौ जे पनि० नाङ्लोमा झिक्थिन् । त्यसपछि चाखी ९जाँतो० नार्थिन्९पिध्ने काम थाल्नु० । चाखीको (वाइ(वाइ तालमा गीत झर्थे ।
भाले बासेपछि प्रत्येक घरबाट चाखी तालमा एकसाथ गीत झर्दा कुनै छहराको छङछङ जस्तो सुनिन्थ्यो । ९भाले गाउँलेका लागि घडी थिए ।० रहर, खुसी, सपना, दर्दसहितका लोकजीवनका उकालीओराली पनि (वाइ(वाइसँगै पिधिन्थे ।
ओछ्यानमा आमा नभेटेपछि चिचिला चिच्याहट झथ्र्यो । तिनका ‘चेऽऽऽ चेऽऽऽ’चाखी धुनमा मिसिन्थ्यो जसरी चुनबाङगार दुईखोली पुगेर ढाङढुङगारमा मिसिन्थ्यो। आमाहरूले पिठ्युँमा बोकेर फेरि पिस्न थाल्थे । लोरी जस्तो ठानेर ती बच्चा पिठ्युँमै निदाउँथे । ९जेईले मलाई बोकेर चाखी पिस्दै गाएको अहिले पनि सम्झना छ । केही महिलाले त्यस्ता पति पाउँथे जसले चाखी पिस्दा पनि सघाउँथे ।०
पिठो पिँध्ने काम सकिएपछि दिलसरीले मकै र भट्ट९भटमास० ठोत्रेमा भुट्थिन् । त्यो खाजालाई गादोमा राखेर निक्लिन्थिन्, गाउँका दिदीबहिनीसित । कहिले चक्लीगैरा, कहिले डल्लुगैरा, कहिले पाङ्ङरगैरा, कहिले कुख्रागर्खने, कहिले पोस्तके, कहिले सर्बरयाज, कहिले खोर्रेनेटा, कहिले मझौडारा, कहिले आरडारा, कहिले चाख्लीडारा त कहिले काफलडारा । कहिले सोत्तर लिन राङ्ङे बोकेर उकालिन्थिन् त कहिले दाउरा लिन डोको बोकेर अनि कहिले घाँस लिनलाई बर्रे बोकेर । वनपाखा पुगेका तिनले हलिसा, सिङ्रिना, क्वाइए ९ढुकुर०, तित्रा, न्याउली, पिर्कुला, फिस्टा, जुरेली, भेकुरासँग बाजी लाग्दै गाउँथे । दाउरा काटेका टाक्कटुक्क, घाँस काटेका सार्रसुर्र र सोत्तर सोहरेका सारामसोरम तालमा ।

चक्लीगैरा, डल्लुगैरा, पाङ्ङरगैरा, कुख्रागर्खने, पोस्तके, सर्बरयाज, खोर्रेनेटा, मझौडारा, आरडारा, चाख्लीडारा, काफलडारा आदि वनपाखामा उभिएका बूढा रूखलाई अझै सम्झना होला । तिनले मनको टेप्रिकाटमा रेकर्ड गरी साँचेका नि हुन सक्छन् । दिलसरी दम्पतीले तिनै वनपाखामा गाएथ्यो । त्यसवेला दैनिक गीत फुल्ने तिनै वनपाखा न थिए ।
उज्यालो भुइँ झर्लाजस्तो हुन थालेपछि वनपाखा पुगेका गाउँले सूर्य टाउकोमाथि आइपुग्दा आवाज झथ्र्यो, ‘घोङ्रे रूखमा घाम लाइग्यो, अब जाम घर ।’ मेलापात निक्लेका गाउँले घर फर्कने वेला भयो भनेर जान्ने घडी नै घोङ्रे रूखमा घाम लाग्नु थियो । जो गर्मी र जाडो याममा फरक थिए । कुनै याममा घाम लागे अबेर हुन्थ्यो भने कुनै याममा ठीक्क १
मेलापात पुगेका आमाले आफ्ना बच्चाबच्चीका लागि भनेर दाउरा, घाँस र सोत्तर भारीमा सिजनअनुसारका फल र फूल पनि थपेर घर पुग्थे । मेरी जेईले डिम्मर र काफलका साथै सिरपाइला र लालीगुराँस फूल ल्याइदिएको सम्झना अहिले पनि छ ।

मेलापातबाट घर फर्केका गाउँले बस्तुभाउ चराउन नजिकका वनपाखामै पुग्थे । गाईबाख्राका गलामा झुन्डिएर गाउने कोलो र वेलावेलामा कराउने बस्तुभाउका आवाजलाई नै धुन मानेर तिनले गाउँथे । अझ बर्खामास लेकतिर उकालिएको वेला बर्खेझरी संगीतमा तिनका गीत अझ सुरलिन्थे ।रनवन रननन पार्दै मेलापात गएको वेला, बस्तुभाउ चराउन गएको वेला र चाखी पिस्दा त प्रत्येक गायकगायिका । लोककिताबका ती गीत सुन्ने स्रोता त खोलानाला र वनपाखा थिए ।मेलापात गर्न वनपाखा गएका वेला, चाखी पिस्दा र बस्तुभाउ चराउन जाँदा गाउनु त गाउँले दैनिकी थिए । मेला, हाट, छोट्टी बस्ने, ठकान बस्ने, मरु–भरु हुँदा हुने जमघटमा गाउनुचाहिँ आक्कलझुक्कल । माथि उद्धृत गीत जीवनदर्शन बोकी लोकमनका बाटो हुँदै एकपछि अर्को पुस्ता पार गरी पुनदम्पतीकहाँ पुगे होलान् । अनुभव र अनुभूतिले उनेपछि र लोकमन हथौडाले कुँदेपछि बल्ल तिनले गीताकृति पाए होलान्, जसरी एउटा ढुंगा नदीमा ठोकिँदै ठोकिँदै मुस्किलले जुगपछि शालिग्राम बन्छ ।
०००
पूर्वी रुकुमसँग जोडिएको मेरो गाउँमा फलाम खानी थियो । अहिले नि खानी भएको ठाउँमा काला अनुहारका किट र गहिरा सुरुङ छन् । ओख्लेखानीलगायत दर्जन खानी बन्द भएपछि गाउँले खयर काट्न गए । ती मधेसका कुनै जंगल थिए कि भारत रु बूढापाकाले भन्थे, ‘खयर काट्न खयरझाला गइम् ।’खयर काट्ने काम पनि बन्द भयो । सुरु भयो, कालापार । रोजीरोटी जोहो गर्न जाने कालापार त उत्तराखण्डका गढवाल र हिमाचलका सिमला थिए । गाउँको सानो सेक्सन भने भारत र बृटिस सेनामा लाहुरिन्थ्यो भने अर्को सानो सेक्सन आलु, मटर९केराउ० लगाउन सिमलामै बिलाउँथ्यो । गाउँको ठूलो सेक्सन्छ महिना कालापार गथ्र्यो भने ६ महिना घर । ९त्यैकालापारे संस्कृति तन्केर अहिले अरब पुगेको थियो ।०

कति लोकगीत रपापातल, डल्लुगैरा, चक्लीगैरा, कुख्रागर्खनेमा फुले होलान् भने कति त्यहाँबाट सर्दै अन्य वनपाखा पुगे होलान् रुकति अन्य वनपाखाबाट त्यता बसाइँ सरे होलान् रु हिसाबकिताब छैन । भए ती वनपाखासित होला । त्यसवेला वनपाखामा फुल्ने गीत र ती गीत एक वनपाखाबाट अर्को वनपाखामा पुग्ने विभिन्न परम्परागत बाटा थिए । उसो त ती बाटो मात्र थिएनन्, ती स्वयं गीत उत्पादन थलो पनि थिए । जस्तोः मेला, हाट, छोट्टी बस्ने, ठकान, मरु–भरु हुँदा हुने जमघट आदि ।

त्यो कसको गीत थियो रु रेडियो कि टेप्रिकाटको बाटो हुँदै पुगेथ्यो, हाम्रा वनपाखामा रु त्यो पनि थाहा भएन । मैले थाहा पाउँदा वनपाखामा अग्र्यानिक गीत फुल्न छाडिसकेका थिए । वनपाखा, मेला र जमघटमा रेडियोका गीत बज्न थालेका थिए ।

छोट्टी बस्ने
कुनै वनपाखामा उनिएका गीत अर्को वनपाखामा लाने बाटोमध्ये एक थियो, छोट्टी बस्ने चलन । निश्चित समय र दिन सल्लाह गरी एउटा गाउँका तन्नेरी हुल बेलुकीपख खाना खाएर मुरली र मादल तालमा अर्को गाउँका तरुनीकहाँ पुग्थ्यो । रातभर गाउँथे । उज्यालो नहुँदै फर्कन्थे । तिनले नियमित गीत झुल्ने आफ्ना वनपाखामा लान्थे । छोट्टे र छोट्टी दुवैतिरका वनपाखामा फुल्थे । छोट्टी बस्ने समयान्तर हप्ता वा पन्ध्र दिन या महिना पनि हुन्थे । छोट्टे र छोट्टीले गाउँदागाउँदै कहिले नयाँ गीत त कहिले नयाँ गीतगेडा उत्पादन गर्थे ।

ठकान बस्ने
लोकगीत बन्ने कारखाना र एउटा वनपाखाबाट अर्को वनपाखामा जाने अर्को बाटो थियो, ठकान बस्ने । फलानो महिनाको फलानो गते भेट हुने भनेर समय किटान गर्थे, जसलाई ठकान राख्ने भन्थे । ठकानका लागि १, ५, १०, १५, २०, २५ रोज्जा गते थिए । यीबाहेकका गते सायद ठकान बसे । ठकान बस्न पानी पाइने र पानी परे ओत लाग्ने ओडार वा गोठ वा ठूलो रूख भएको ठाउँ रोजिन्थे । र, भौगोलिक हिसाबले ठकान बस्ने ठाउँ दुई पक्षका घरबाट समान दूरीमा रोजिन्थ्यो । यस्तो ठकान बस्ने युवायुवती मात्र होइन, मीत, सँगिनी९मीतिनी० र नातेदाररआफन्त पनि हुन्थे । चुनबाङ स्कुल पढ्न जाँदा माथि उल्लिखित गतेहरूमा चुनबाङगार किनारका घोडेटो बाटोका विभिन्न ठाउँमा ठकान बसिरहेका भेटिन्थे । ठकानमा सन्चोबिसन्चो बिसाउँथे । सुखदुःख बिसाउँथे । गाउँथे । नयाँ गीत जन्मेनछ भने पनि एक वनपाखामा फुलेको गीत ठकानको बाटो समाएर अर्को वनपाखा पुग्थ्यो ।

मेला
लोकमनले फुलाएका लोकगीत निर्माण र एक ठाउँबाट अर्को ठाउँमा सर्ने अर्को बाटो थियो, विभिन्न समयमा लाग्ने मेला । गाउँमा मेला जाने वा जात्रा जाने भन्थे ।
मेरो गाउँवरपर नाम चलेका मेला थिए– कालापोखरा, ठूल्गोरी, स्यान्गोरी, नाफेखोला, धलम्पु, ओबाङ, रन्पुत्ली, सुर्ताने, भोन्चौर, खर्नेटा, राक्सेबाङ आदि । ती मेला वर्षको एकपालि लाग्थे । मेलामा टाढाटाढाका मान्छे भेट हुन्थे । गीतमै सवालजवाफ गर्थे । विमर्श गर्थे । र, त्यही नयाँ गीत पनि फुल्थ्यो । यसरी नयाँ गीत स्वागत् गर्न गाउँलेले मेला कुर्थे । र, तिनलाई मेलाबाट साथ लिएर मेलापात, बस्तुभाउ चराउन जाने ठाउँ र चाखी पिस्ने ठाउँमा लान्थे ।
हाट
नयाँ गीत बन्ने मात्र होइन, वनपाखामा नयाँखाले गीत पुग्ने अर्को बाटो थियो, हाट । वर्षको एकपालि गाउँ नै उठेर नुन हाट झथ्र्यो । प्रत्येक घरबाट गएका हटारु वर्ष दिन पुग्नेगरी नुन लिएर फर्कन्थे । खोलामा पुल नभएकाले मात्र होइन, औलो छल्नलाई नि हटारु हिउँदमा मात्र हाट झर्थे ।मैले थाहा पाउँदा नुन हाट घोराही पुगेको थियो । त्यसअघिका हाट कोइलाबास, नेपालगन्ज थिए ।

हाट जाँदा र फर्कंदा उकालीओरालीमा हटारुलाई तान्ने नै गीत थिए । बास बसेकोठाउँमा फरकफरक ठाउँका हटारु भेटिन्थे । गीतबाट नै चिनजान गर्थे । नुनसँगै नयाँ गीत पनि बोकेर फर्कन्थे । लोकगीत एकबाट अर्को वनपाखा पुग्ने अर्को बाटो थियो, मरु वा भरु आदिले गराउने जमघट । त्यस्ता जमघटमा पनि टाढाटाढाका मानिस भेला हुने भएकाले फरक अनुहारका गीत पुग्थे । त्यसरी विभिन्न परम्परागत बाटो समाएर वृद्ध पुनदम्पतीले गाएका सात गीत पनि चक्लीगैरा, डल्लुगैरा, रपापातल पुगे होलान् । त्यहाँ फुलेका गीत पनि अन्य वनपाखामा उनै बाटो पछ्याएर पुगे होलान् ।

पुनदम्पतीले गाएका सातबाहेक रोल्पाली वनपाखा मौसमी९पर्व र समयअनुसार गाउने० र बाह्रमासे९बाह्रै महिना गाउने० गीतको तालमानाच्थे । लेखक व्योमजी अवतारका अनुसार मौसमीअन्तर्गत भूमे९पर्व०मा गाउने न्याहो र वई, बालीनाली भित्र्याउनुअघि गाउने हेम्पै, दवारा ९तिहार०मा गाउने सिङारुभित्रका झुमौरा, जोगिया, झोलेनी, लसरीलगायतका ख्याली गीत०, मान्छे मर्दा गाउने विदाइ गीत– यम फैने९बाटो उघार्ने०, लामसिने९आफन्तले गर्ने विदाइ गीत०, माघमा गाउने स्याँभू र फागुनमा गाउने जोमारे गीत हुन् । त्यसैगरी बाह्रमासेमा लस्के, यानीमाय, ठकाने ९घुमाउने०, नानी लै आदि गीत गुञ्जन्थे ।
रेडियो, टेप्रिकाट, चक्का र पेनड्राइभ
हान झप्पल
मायालाई सानू झुलछाता
मलाई चप्पल
यो गीत डल्लुगैरा या चक्लीगैरामा ‘दाउरा गर्न’ गएको वेला सुनेथेँ । ९गाउँतिर दाउरा ल्याउन जानुलाई ‘दाउरा गर्न जाने’ भन्छन् ।० मेलापात गएको वेला सुनेर याद भएको यो नै पहिलो गीतको स्थायी हो । त्यो गीत गाएको भुमा नानाले हो कि झौसरी नानाले रु पाम्सु नानाले कि सन्सारीले रु अहिले भुलेँ । यसैगरी, त्यो कसको गीत थियो रु रेडियो कि टेप्रिकाटको बाटो हुँदै पुगेथ्यो, हाम्रो वनपाखामा रु त्यो पनि थाहा भएन । मैले थाहा पाउँदा वनपाखामा अर्गानिक गीत फुल्न छाडिसकेका थिए । वनपाखा, मेला र जमघटमा रेडियोका गीत बज्न थालेका थिए ।

छुट्टीमा घर पुगेका ब्रिटिसे वा भारतीय लाहुरेसित मात्र पानासोनिक वा फिलिप्स रेडियो या टेप्रिकाट हुन्थे । आठदसवटा ब्याट्री लाग्ने ठूलो आकारको टेप्रिकाटको शिरमा विभिन्न रङका बटन हुन्थे । कुनै दबाउँदा गीत बज्थ्यो त कुनै दबाउँदा क्यासेटमा बोली रेकर्ड । केही समयपछि खासा रेडियो र खासा टेप्रिकाट घोराहीको बाटो हुँदै गाउँ पुगे । खासा रेडियोले त्यसअघि रेडियो नेपालका गीत गाउँगाउँमा बजाइदियो । पछि एमएफ रेडियो खुलेपछि के कुरा गर्नु र रु खासा टेप्रिकाटमा बिमाकुमारी दुरा र राजु परियारका गीतिचक्का वनपाखामा पुगे । खासा टेप्रिकाट र खासा रेडियो कालापारे हातहातमा पुगे । गाउँमा कालापारे नहुने घर नै सायदै हुन्थे । जस्तो अहिले अरबे घर नभएको गाउँ हुन्छ ।

खासा रेडियो र टेप्रिकाटले रेडियो नेपालमा बज्ने गीत भटाभट गाइदियो । गाउँमा अलबमका चक्काले गाइदियो । गाउँले त मेलापातमा पनि रेडियोले गाएका गीत पो गाउन थाले । वनपाखामा गीत उत्पादन ठप्प भयो । फिलिप्स र पानासोनिकसँगै लाहुरे हात समाएर गाउँ पुगेका रेडियोले हल्लाएको अर्गानिक गीत उत्पादनलाई त खासा रेडियो, एफएम, खासा टेप्रिकाट र चक्का पुगेपछि त अर्गानिक गीत ठाउँको ठाउँ ठहरै भए । रेडियोले कसरी मानिसलाई ‘स्रोता’मा सीमित पा(यो भन्ने जान्नलाई यो जति घच्चीको उदाहरण अर्को के होला रु

बहुदललगत्तै स्यानीगार पुगे– कृष्ण सेन इच्छुक, भरत दाहाल र पूर्ण घर्ती मगर । स्यानीगारे आमसभामा चुनबाङी पूर्णले गाए, ‘हान्यो बाबै पञ्चेले, तातो गोलीले हान्यो ।’ त्यसपछि पुगे, खुसीराम पाख्रिनकृत ‘गैँतीबेल्चा उचालेर’ जस्ता जनवादी गीत । अर्गानिक गीत विस्थापित गर्न पुगेका रेडियो गीतसित थपिए यस्ता जनवादी गीत पनि । जनयुद्ध सुरु नहुँदै हल्लिएको रोल्पाको जीवनशैली नै फेरियो, जनयुद्ध सुरु भएपछि । माओवादीले भन्यो– पुराना ध्वंश । त्यसैमाथि माओवादी नाउँमा हुने धरपकड र हत्या त्रासले गाउँले भेला हुन छाडे । मेला बन्द भए । राति हुने बिहे दिउँसो हुन थाले । छोट्टी बस्ने र ठकान बस्ने संस्कृति प्रभावित भए । ९नुनको हाट त घोराहीबाट अलप भइसकेको थियो ।० बचेजति पनि माओवादी आँखामा ‘रूढी’ भएपछि समाजका राम्रा कुरा पनि रूढी घानमा परे ।

हेर्दाहेर्दै रोल्पाली सुवास बोकेका गीत त ‘खोले गीत’ भए । सहर कोठामा बुनेका लोकगीत ९जसलाई रेडियो र टेप्रिकाटले बोकेर गाउँ पुराएको थियो० नै कहीँ कतै रहलपहल भएका जमघटमा बज्न थाले । अर्गानिक लोकगीतलाई त वनमाराले वन खाएजसरी कोठे लोकगीतले खायो । कोठे लोकगीत र लोकदोहोरीले अर्गानिक गीत खायो । वन साङ्लाले घर साङ्ला खाएजस्तो । ठीक त्यसैवेला नै गाउँबाट सहर झर्नेक्रम तीव्र भयो । बसाइँसराइको मार पनि तिनै अर्गानिक लोकगीतमै प(यो ।

तन्नेरी जति अरब उडेपछि बाँझिएका गाउँका बारीजस्तै रैथाने गीत उत्पादन हुने वनपाखाहरू बाँझा भए ।मेला, ठकान, छोट्टी बस्ने, जमघट लोकगीत निर्माण थलो थिए, लोकगीत एक ठाउँबाट अर्को ठाउँमा सर्ने बाटा मात्र थिएनन् । भेटमा हुने विमर्श र परिवेशका आधारमा ठाउँका ठाउँ गीत फुल्थे । माओवादी जनयुद्ध सकिएपछि मेला, जमघट र जाँडरक्सी–जुवातास आदि त फर्के । तर, माओवादी नआउँदै थला परेको अर्गानिक लोकगीत फुल्ने याम भने फर्केन । अहिले त गाउँमा हुने जमघट, मेलामा डेकमा पेनड्राइभ हाल्छन् । उसैले गाउँछ । र, गाउँले नाच्छन् । गाउने काम नै सकियो । नयाँ गीत उत्पादनका के कुरा १ कोठे लोकगीतका के गन्ती १ बचेखुचेका अर्गानिक गीत खोज्ने अमृत गुरुङहरूले पनि स्रोताकहाँ पुग्दा ‘बजार’ मिसाएपछि सक्किगो नि १ तपाईंको वनपाखामा पनि गीत फुल्न छाडे कि सहिसलामत छन् हँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *