तीन नम्बर प्रदेश सरकारले हावाहुरी पीडितलाई एक करोड सहयोग गर्ने

  
  प्रकाशित मितिः मङ्लबार, चैत्र १९, २०७५       | 173 Views   ||

हेटौँडा, १९ चैत । प्रदेश तीन सरकारले बारा र पर्सा जिल्लाका हावाहुरी प्रभावितका लागि एक करोड रुपियाँ सहयोग रकम उपलब्ध गराउने भएको छ । प्रदेश सरकारको मंगलबार बिहान बसेको मन्त्रीपरिषद्को बैठकले एक करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।

सोमबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा मन्त्रीसहितको टोलीले हावाहुरी प्रभावित बारा र पर्सा जिल्लाको विभिन्न स्थानको निरीक्षण समेत गरेको थियो । मंगलबार  बसेको प्रदेश तीनको कार्यव्यवस्था परामर्श समितिको बैठकले समेत तीनदिन बराबरको सांसद्को तलब बापत्को रकम हावाहुरी प्रभावितलाई सहयोग गर्ने निर्णय गरेको छ । यसअघि प्रदेश २ सरकारले मृतकका परिवारलाई ३ लाख रूपैयाँ दिने निर्णय गरेको थियो। विभिन्न राजनीतिक दल र केही नगरपालिकाले पनि बारा र पर्साका प्रभावितलाई पैसा दिने निर्णय गरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *