काठमाडौँ, १९ चैत । बारा,पर्सामा आएको हावाहुरीबाट ज्यान गुमाउनेका परिवारलाई सत्तारुढ नेकपाले राहत स्वरुप ५–५ लाख रुपियाँ प्रदान गर्ने भएको छ। हावाहुरीबाट प्रभावित बाराको पुरैनिया पुगेका नेकपा अध्यक्ष प्रचण्डले राहत वितरणको क्रममा नेकपाको तर्फबाट प्रति परिवार ५–५ लाख दिने घोषणा गर्नु भएको छ ।
हावाहुरीमा परी अहिलेसम्म २८ जनाको निधन भइसकेको छ। अध्यक्ष प्रचण्डको घोषणा अनुसार अहिलेसम्म ज्यान गुमाएका २८ जनाका लागि नेकपाले १ करोड ४० लाख रुपियाँ प्रदान गर्नेछ।सत्तारुढ नेकपाले यसअघि नै आफ्ना प्रत्येक सांसदबाट एक दिनको तलब बराबरको रकम संकलन गरी सहयोग स्वरुप उपलब्ध गराउने निर्णय गरिसकेको छ।
हावाहुरीबाट प्रभावितलाई भेट्न मधेस झरेका प्रचण्डले मंगलबार पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारत घाइतेलाई पनि भेटनु भएको छ । प्रचण्डले मधेस शोकमा रहेका बेला सिंगो देशले सहयोग गर्नुपर्ने कुरा बताउनु भएको छ । फेटा–६ बरैनियामा आयोजित औपचारिक कार्यक्रममा करिब ३ मिनेट सम्बोधन गर्नु भएको थियो ।