बंगलाचुलीमा सडक मर्मत कर्तालाई तालिम ।

  
  प्रकाशित मितिः बुधबार, चैत्र २०, २०७५       | 98 Views   ||

दाङ,२० चैत ।

सडक सम्भार कर्ताहरुका लागि सडक मर्मत,सम्भार सम्बन्धी तालिम बंगलाचुलीमा सम्पन्न भएको छ । बंगलाचुली गाउँ कार्यपालिकाको आयोजना ८ वटै बडाका कर्ताहरुलाई सडक मर्मत सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिएको छ । उनीहरुको सीप र दक्षता बढाउन उक्त तालिमको आयोजना गरीएको बंगलाचुली गाउँपालिका प्रशासन प्रमुख खिम केसीले जानकारी दिनु भएको छ ।

तालिममा बाटोलाई कसरी मर्मत गर्ने, नाला कसरी बनाउने, बाटोको सफाई कसरी गर्ने, विरुवाहरु कसरी लगाउने लगायतका विषयमा जानकारी गराइएको थियो । त्यसैगरी उनीहरुलाई काम गर्दा अपनाउनुपर्ने सुरक्षाका बारेमा पनि जानकारी गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *