पार्टी एकता अन्तिमचरणमा

  
  प्रकाशित मितिः आइतवार, बैशाख ८, २०७६       | 114 Views   ||

झण्डै एकबर्ष हुन थाल्यो र माओवादीका बीच पार्टी एकताको घोषणा भएको । लामो समयसम्म केन्द्रिय समिति र पदाधिकारी भन्दा तल नपुगेको एकता प्रकृया केही महिना अघि प्रदेश समितिसम्म आइपुगेर रोकिएको थियो । जिल्ला कमिटिहरु नबनेर स्थानीय तहमा झरेको पार्टी एकता प्रकृया अब भने निष्कर्षमा पुग्न लागेको संकेत बुभःन सकिन्छ ।

२०७५ को जेठ ३ गते पार्टी एकता घोषणा गर्दा ३ महिनाभित्र बाँकी एकताको काम सिध्याउने कुरा बताएका नेताहरुले त्यो डेटलाइन भित्र केही प्रगति गर्न सकेका थिएनन् । तत प्रश्चात जनता र कार्यकर्तामा सेलाउँदै गएको उत्साहले सरकारको काम प्रतिको आर्कषणता समेत घटन पुगेको थियो । नेताहरु बीच लामो रस्साकस्सी पछि भोलि बैशाख ९ कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर एकताको बाँकी काम टुङ्ग्याउने उदघोष नेताहरुले गरिसकेकाछन् ।

भोलि जिल्ला र जनवर्गीय संगठनहरु बीचको एकतालाई टुङोमा पु¥याउने गरी आज शिर्ष नेताहरु बीच सघन छलफल चलिरहेको छ । पछिल्लो अवधिमा पूर्व एमालेका माधव नेपाल पक्षले एकताको मापदण्डका विषय बारे प्रश्न उठाएपछि एकता प्रकृयाको काम विवादका वीचबाट चलिरहेको थियो । सबै पक्षका वीच भागबण्डा र आन्तरिक कुरामा सहमति भएपछि भोलिको दिनमा एकता प्रकृयाको कामले पूर्णता पाउने छ ।

तलसम्मको एकताले अब पार्टी र सरकारलाई नयाँ उचाई दिने छ भने जनतामा भरोसा थपिएर जाने छ । पार्टी एकतालाई जनता माझसम्म बलियो गाँठो गाँस्दै गएपछि सरकारका काम पनि प्रभावकारी बन्दै जानेछन भन्ने विश्वास कार्यकर्ता पंतिmले लिएकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *