गोरखाको बारपाक क्षेत्रलाई केन्द्रविन्दु बनाई शतिmशाली भूकम्प गएको आज ४ बर्ष पुगेको छ । विनाशकारी भूकम्प गएपछि आजसम्म साना ठुला गरी ४० हजार पराकम्पनहरु गएको भूकम्पविद् भरतप्रसाद कोइरालाले बताएकाछन् । त्यसको पराकम्पनको रुपमा हिजो विहान मात्र पनि धादिङलाई केन्द्रविन्दु बनाएर ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।
२०७२ बैशाख १२ पछि भूकम्प जाने क्रम आजसम्म पनि रोकिएको छैन । आज उतm भूकम्पको स्मरण गदैं सचेतता र सावधानी अबलम्बन गर्ने कुराका बारेमा देशभर विभिन्न कार्यक्रमहरु गरिदै छ । आज सरकारले सार्वजनिक विदा पनि दिएको छ ।