अबको प्रधानमन्त्री प्रचण्ड ः वामदेव

  
  प्रकाशित मितिः शुक्रबार, जेष्ठ १७, २०७६       | 176 Views   ||

प्यूठान, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले सरकारको नेतृत्व आलोपालो गर्ने पूर्वसहमति अबको प्रधानमन्त्री हुने बताएकाछन् । पार्टी एकता हुने वेला भएको उतm सहमतिको इमानदारपूर्वक पालना गरिनुपर्नेमा नेता गौतमको जोड रहेको छ ।
प्रेस संगठन प्यूठानले शुक्रबार गरेको पत्रकार सम्मेलनमा नेता गौतमले पूर्व सहमतिअनुसार प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार परिवर्तन हुने र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल,प्रचण्ड प्रधानमन्त्री बन्ने बताएका हुन ।
पूर्वएमाले र माओवादी केन्द्र बीच एकताका क्रममा सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको भन्दै नेता गौतमले सहमतिबाट दायाँबायाँ भए पार्टी एकता विथोलिने चेतावनी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *