दाङका ४८ वडा बाढीपहिरोको जोखिममा

  
  प्रकाशित मितिः बुधबार, असार २५, २०७६       | 80 Views   ||

 जिल्लाका ४८ वडाहरु बाढीपहिरोको जोखिममा छन् । खासगरी नदी आसपासका क्षेत्र तथा यसअघि बाढीले क्षति पु¥याएको क्षेत्रलाई बाढीको र पहाडी क्षेत्रलाई पहिरोको उच्च जोखिम क्षेत्रका रुपमा मुल्याङ्कन गरिएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङका सुचना अधिकारी खिलानाथ दाहालले बताए ।

दाङमा ४७ खहरे र अन्य खोलाहरु रहेकाछन भने दुई राप्ती र बबई नदी रहेकाछन् । यी मध्ये मुख्य गरी बबई र राप्ती नदी आसपासको क्षेत्रलाई बाढीको उच्च जोखिम रहेको क्षेत्रका रुपमा मुल्याङ्कन गरिएको छ । दाङमा बाढी पहिरोले बर्षेनी ठुलो जनधनको क्षति पु¥याएको छ । गत वर्ष भारी बर्षातका कारण ६४ घरमा क्षति पुगेको थियो  । २०७५ साल मनसुनका कारण १ करोड ३९ लाख ३७ हजार ७ सय रुपैयाँ बराबरको क्षति भएको जिल्ला आपतकालिन कार्यसंचालन केन्द्रको तथ्यांकमा उल्लेख छ ।

यी हुन जोखिममा भएका वडा

बाढी पहिरोको जोखिममा गढवा गाउँपालिका वडा नम्बर १, २, ३, ४, ५, ६, ७,८ राप्ती गापा वडा नं. १, २, ३, ४, ५, ६, ७,८, लमही नगरपालिका वार्ड नं २, ४, ६,९ यस्तै दंगीशरण गाउँपालिकाको वडा नं.१ र २, बवई गाउँपालिकाको वडा नं. १ र ७ शान्तिनगर गाउँपालिकाको वडानं.५,६ र ७, तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १, २, ३, ४,ं. ५,१ १,१ ३, ७, १२, १४, १५,१६,१७,१८,१९ र घोराही उमनपा वडा नं. ३, ५, ८, ९, ११,र १२ गरी ४८ वडा बाढी पहिरोको उच्च जोखिममा रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङको सुचना अधिकारी खिलानाथ दाहालले जानकारी दिए । उनका अनुसार चुरे तथा महाभारत पर्वत श्रृखलासँग जोडिएका दाङका विभिन्न वडाहरुमा पहिरोको उच्च जोखिम छ भने तल्लो मुख्य गरी राप्ती बबई नदी आसपासका क्षेत्रहरुमो बाढीको उच्च जोखिम रहेको छ । केन्द्रले गरेको आंकलन अनुसार यसवर्ष दाङ एक हजार बढी घरधुरी बाढी पहिरोबाट प्रभावित हुन सक्ने छन भने जसमध्ये दुइ सय बढी घर १ हप्ता देखी महिनासम्म विस्थापित हुन सक्नेछन् । यस्तै १ हजार २७ हेक्टर जमिन डुबानमा पर्ने आंकलन जिल्ला विपद व्यवस्थापन समिति दाङले गरेको छ ।

जोखिम न्युनीकरणका लागि पूर्वतयारी 

जिल्ला विपद् व्यवस्थापन समितिले बाढीको जोखिम न्युनीकरणका लागि पुर्वतयारी गरिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बाढी पहिरोको जोखिम न्युनीकरणका लागि पूर्वतयारी योजना निर्माणगरी कार्यान्वयनमा पनि ल्याइसकेको जानकारी दिए । उनका अनुसार पुर्वतयारी स्वरुप हाल जोखिम क्षेत्र तथा समुदायको नक्साङ्कन एवं तथ्याङ्क संकलन,राहत तथा उद्यार सामाग्रीको व्यवस्थापन र सरोकार वाला निकायसँग छलफल तथा बबई र राप्ती नदीमा बाढी तथा बर्षाको मापनका लागि सुचना संकलन गर्न जनशक्ति खटाइसकिएको छ ।यस्तै जिल्लामा उद्धारका लागि जनपद, सशस्त्र प्रहरी र नेपाली सेनालाई उद्धारका लागि पूर्व तयारी अवस्थामा राखिएको छ । ‘जोखिम न्युनीकरणका लागि पूर्वतयारी विपद व्यवस्थापन योजना निर्माण गरी कार्यान्वयनमा ल्याइसकेका छौं । उनले भने ‘जोखिम रहने स्थानमा सकेसम्म चाँडो र पुग्दो सेवा प्रदान गर्ने तयारीमा छौँ । ’

उद्धार सामाग्रीको अप्रयाप्तता  
जिल्लामा बर्षेनी बाढीले ठुलो जनधनको क्षति पु¥याउँदै आएपनि उद्धार तथा राहतका सामाग्रीको अप्रर्याप्तता भने कायमै रहेकोछ । हाल जिल्ला प्रशासन कार्यालयसँग १० लाखको राहतकोष रहेको छ । यस्तै नेपाल प्रहरी जिल्लाभर पाँच सय २५, नेपाली सेना एक सय ८० र सशस्त्र प्रहरी ३५ जना तालिम प्राप्त जनशक्ति रहेपनि यो भूगोलका हिसावले पर्याप्त नरहेको सुचना अधिकारी दाहालले बताए । यस्तै जिल्लाभरीनै बाढीको जोखिम रहेतापनि मात्र चारवटा रबरबोटहरु राखिएको छ । यस्तै बाढीको उच्च जोखिम रहेका क्षेत्रमा यातायात तथा सञ्चारको अभावले राहत कार्यमा अप्ठयारो पर्न सक्ने अवस्था रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङका सुचना अधिकारी दाहालले बताए । ‘बाढीको उच्च जोखिम भएतापनि आधारभुत उद्धार सामाग्री मात्र उपलब्ध छन । दाहालले भने ‘पर्याप्त मात्रामा उद्धार सामाग्री छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *