हेर्नुहोस् नौमती बाजा पार्क !

  
  प्रकाशित मितिः बिहिबार, असार २६, २०७६       | 122 Views   ||

बाजाहरुको पनि पार्क ! सुन्दा अचम्म लाग्ने यो कुरा सत्य हो । कास्की पोखराको माछापुच्छ्रे गाउँपालिका–६ डाँडापोखरीमा नौमती (पञ्चे) बाजाको पार्क निर्माण गरिएको छ ।
पार्कमा सनाई,झयाली,दमाहा,ढोलक नरसिंहा राखिएकाछन् । पार्कमा बाजालाई सहज रूपमा अवलोकनका लागि सिँढी बनाएर राखिएको छ । संरक्षणका लागि तारजालीले बेरिएको छ । नेपाली परम्परागत बाजा र संस्कृति झल्काउने उद्देश्य यस पार्कको रहेकोे छ ।
‘ग्रामीण पर्यटकीय स्थलको रूपमा विकास हुँदै गएको गाउँमा पर्यटन प्रवद्र्धनमा थप सहयोग पु!याउन पार्क बनाएको वडाका अध्यक्ष हरिश्चन्द्र ढुंगानाले बताए ।
उतm पार्कलाई विकसित गरेर ढिकीजाँतो, उखु, निबुवा पेल्ने कोल पनि राखिने पनि वडाका अध्यक्ष ढुंगानाले बताए । उतm पार्कलाई प्रदेश सरकारले सांस्कृतिक संग्रहालयका रूपमा विकास गर्ने गरी कार्ययोजन अगाडि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *