साबुन बनाउने सीपले उद्यमी बन्दै एकल महिला समूह

  
  प्रकाशित मितिः बुधबार, साउन १, २०७६       | 97 Views   ||

देउखुरी, दाङको विकट बस्ती रहेको दुर्गम गाउँपालिका हो राजपुर । जहाँ माथिबाट विकासका योजना कम पुग्ने गर्छन । जनताको आर्थिक जीवनस्तर निकै पछाडि छ । जहाँका एकल महिलालाई गाउँपालिकाले सावुन बनाउने तालिम दिएर आयआर्जनमा लाग्ने बाटो देखाइदिएको छ ।
राजपुर गाउँपालिकाको ६ नं.वडाले एघार जना एकल महिलाहरुको समूहलाई साबुन बनाउने तालिम दिएको छ । तालिम पश्चात घर खर्च चलाउन सजिलो हुने आशा ती महिला समूहमा पलाएको छ । राजपुर गाउँपालिका वडानम्वर ६ गंगदी निवासी तालिमका सहभागी अमृता चौधरीले सावुन बनाउने सीप आफूहरुका निम्ति ज्यादै लाभदायी हुने बताउनुभयो । यो सावुनले मलाई एउटा नयाँ जीवन दियो, सकुञ्जेल र बाँचुञ्जेल यो कामलाई निरन्रर्ता दिन्छु, चौधरीले भनिन् ।
राजपुर गाउँपालिका वडानम्वर ६ गंगदी निवासी रुमादेवी चौधरीले सावुन उत्पादन गर्न सक्ने सफल उद्यमी भएको बताउनु भयो । सिकाइको बेला ३ किलोमा ६२ वटा नुहाउने साबुन उत्पादन गथ्यौं, अहिले तालिम लिइसकेपछि दिनमा दश किलोमा २ सय दश पिस साबुन उत्पादन गर्दै आएको चौधरीले बताउनु भयो ।
हरो, बरो, चिउरीको घयू,अमला, निम, ध्यूकुमारी गरी नौवटा जडिबुटिको मिसाएर साबुन उत्पादन गरिएको छ । राजपुर गाउँपालिका भएको हुनाले राज साबुन नामाकरण गरिएको उद्यमीहरुले बताए । साबुन बनाउने फर्मबाट निकालेको एक महिनामा साबुन प्रयोग गर्न सकिने चौधरीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *