बोगटीलाई सम्झिदा उहाँको आर्दश र निष्ठालाई पनि अनुशरण गरिनुपर्ने

  
  प्रकाशित मितिः सोमवार, भदौ ३०, २०७६       | 112 Views   ||

पाँच बर्ष अघि हृदयघातबाट निधन हुनु भएका माओवादी पूर्व माओवादी नेता पोष्टबहादुर बोगटीको पाँचौस्मृति सभा सोमबार दाङ मा सम्पन्न भएको छ । ंदश बर्षे जनयुद्धको आधार क्षेत्र पश्चिम कमाण्डको नेतृत्व गर्ने माओवादी नेता बोगटीको योगदानका बारेमा कार्यक्रममा चर्चा गरिएको थियो । पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान दाङ शाखाले घोराहीमा स्मृति सभाको आयोजना गरेको थियो । उहाँको २०७१ भदांै ३० गते निधन भएको थियो ।
स्मृति सभालाई सम्वोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं ५ नम्बर प्रदेश सचिव जगप्रसाद शर्मा ‘अपार’ले बोगटी नभइदिएको भए नेपाली राजनीति यति चाँडो यो स्थितिमा नआउने कुरा बताउनु भयो । अहिलेका सबै एजेण्डा जनयुद्धले स्थापित गरेको जनयुद्ध सफल बनाउने मुख्य व्यक्तिनै बोगटी भएको उहाँले बताउनु भयो ।

जनताको बीचमा रहेर पार्टीको नीति लागु गर्ने बोगटी एक जननेता भएको औल्याउँदै उहाँले पार्टीका शीर्ष नेताहरुलाई सन्तुलनमा राख्नेदेखि युवाहरुलाई उत्साहित गरेर जनयुद्धमा कमाण्डर र सदस्य बनाउने बोगटीले नै गरेको उहाँले बताउनु भयो । अर्को विशिष्ट अतिथि पोष्टबहादुर स्मृति प्रतिष्ठानका केन्द्रीय सदस्य निर्मल आचार्यले सामाजिक क्षेत्रबाट स्थापित नेता भएको आंैल्याउँदै बोगटीको दूरदर्शी राजनीतिक सोंच आजपर्यन्त लागू भइरहेको बताउनु भयो ।

स्मृति सभालाई नेपाल कम्युनिष्ट दाङका संस्थापक सचिव नारायणप्रसाद शर्मा,नेकपाका केन्द्रीय सदस्य एवं दाङ जिल्ला इञ्चार्ज जीवन गौतम, तिलक शर्मा,इन्द्रजीत थारु,दामाकुमारी शर्मा,नारायणी शर्मा,नेकपा प्रदेश ५ का सल्लाहकार समिति अध्यक्ष अमरबहादुर डाँगी र घोराही उपमहानगरपालिकाका उप्रमुख सिता सिग्देल न्यौपानेले बोल्नु भएको थियो । प्रतिष्ठानका अध्यक्ष नरबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रम उपाध्यक्ष रमणकुमार शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन सचिव नरेन्द्र केसीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *