आज देशभर पानी पर्ने

  
  प्रकाशित मितिः बुधबार, अशोज १, २०७६       | 293 Views   ||

काठमाडौं । आज देरभर पानी पर्ने सम्भावना बढेर गएको छ । हिजो देशका विभिन्न भागहरुमा भएको बर्षा आज र भोलिसम्म देशका अधिकांस भागमा हुने मौसम विदहरुले जानकारी दिएकाछन् । आगामी २४ घण्टाको मौसम विवरण सार्वजनिक गर्दै मौसम पूर्वानुमान महाशाखाले देशका मध्य र पश्चिमका धेरै तथा पूर्वका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

साथै देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाको पूर्वानुमान छ । पहिरो जान सक्ने तथा नदिहरुमा पानीको वहाब बढ्न सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध छ । हाल देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा मेग गर्जनसहित हल्कादेखि मध्य वर्षा भइरहको महाशाखाजे जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *