घोराही–तुलसीपुर रोड चारलेन बनाउन शुरु

  
  प्रकाशित मितिः बिहिबार, अशोज २, २०७६       | 83 Views   ||

दाङ उपत्यकाको केन्द्रको रुपमा रहेको घोराही–तुलसीपुर सडकलाई चारलेन बनाउन शुरु गरिएको छ । जिल्लाका मुख्य दुई उपमहानगरपालिका जोड्ने यो सडकखण्डमा अत्याधिक सवारी चापका कारण दुर्घटनाको जोखिम बढदै गएको अवस्थामा सडकलाई विस्तार गर्न थालिएको हो । घोराहीको बबई नदीदेखि तुलसीपुरसम्म करिब ३० किलोमिटर सडकलाई चारलेन बनाइने छ । सडकखण्ड चारलेन निर्माणको जिम्मा भारतीय कम्पनी तथ्य इञ्जिनियरिङ कन्ट्रक्सनले पाएको छ । नेपाल सरकार मातहतको सोइलटेष्ट गर्ने जिम्मा स्वीलटेष्ट कन्सलटेन्टले पाएको छ । सोही कार्यालयका ईन्जिनियर आशिष कडेँलका अनुसार हाल तुलसीपुर क्षेत्रबाट सडक विस्तारको काम शुरु भएको छ भने अन्य क्षेत्रमा सर्र्बे गर्ने काम भइरहेको छ ।

यो सडक खण्डलाई चारलेन बनाउनका लागि गत बैशाखमा सम्झौता भएको थियो । त्यसको तीस महिना भित्र काम सम्पन्न भइसक्नुपर्ने छ । तर हाल आएर सडक विस्तारका लागि डिजानइन परिवर्तन गर्ने काम पनि भइरहेको इञ्जिनियर कंडेलले जानकारी दिए । उनका अनुसार यसअघि घोराहीदेखी तुलसीपुरसम्म चार लेन भनिएपनि कति स्थानमा दुई लेन मात्र विस्तार गर्ने गरी स्टिमेट गरिएको थियो । तर हाल आएर पुरै सडकखण्डालाई चारलेन बनाउने गरी डिजाइनको काम भइरहेको छ । अबको स्टिमेट अनुसार दायाँ बायाँ १५—१५ मिटर रहने गरी सडक विस्तार गरिनेछ ।
सडक विस्तारका लागि हाल एक अर्ब ४४ करोड रकम बराबरको स्टिमेट गरिएको छ । तर डिजाइन परिवर्तनसँगै बजेटमा पनि वृद्धि गर्नुपर्ने इञ्जिनियर कँडेलले जानकारी दिए । घोेराही—तुलसीपुर

सडकखण्ड विस्तार भएपछि यो क्षेत्रमा हुने दुर्घटना न्युनिकरणमा मद्दत पुग्ने अपेक्षा गरिएको छ । केही समय अघि नेपाल सरकारले ल्याएको प्रतिवेदन अनुसार यो सडकखण्ड देशकै ५ बढी दुर्घटना हुने सडकका ?पमा सार्वजनिक गरिएको थियो । अत्याधिक सवारी चाप तथा साँघुरो सडकका कारण दिनहुँ जसो यो सडकखण्डमा सवारी दुर्घटना हुने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *