दुध बेचेर जीवनस्तर बदल्दै यादव समुदाय

  
  प्रकाशित मितिः शुक्रबार, अशोज ३, २०७६       | 102 Views   ||

– देउखुरीका यादव समुदाय अहिले उन्नत तरिकाले भैँसीपालन व्यवसायमा लागेकाछन् । हिजो परम्परागत रुपमा भैँसी पाल्दा उसको आहारादेखि गोठ सुधार,औषधी उपचार वा नश्ल सुधारमा ध्यान दिइएको थिएन । तर,आज तिनै यादव समुदायले दूध उत्पादनका लागि स्यारसुसार सहित व्यावसायिक रुपमा भैँसीपाल्न थालेपछि जीवनस्तरनै बदलिन थालेको छ । पहिला राजपुर गाउँपालिका–२ बेलाका नन्दराम यादव र तिलकराम यादव २ वटा मात्रै भैँसी थिए । ती भैसीले मुश्किलले दिनको ४ लिटर दूध दिन्थे । यत्ति दूध बेचेर कतिनै आम्दानी हुन्थ्यो र ? तर पाँच वर्ष अघि उनीहरुले भैँसी फर्म दर्ता गराएर व्यवसायिक भैँसीपालन व्यवसाय शुरु गरेपछि अहिले साना, ठूला गरेर २९ वटा मुर्रा जातका भैँसी पालेका छन । अहिले उनीहरुको दूध उत्पादन बढेको छ र दैनिक ४० लिटर दूध उनीहरुले बिक्री गदै आइरहेकाछन् ।
उनीहरुको दूध बिक्रीबाट खर्च कटाएर ३५ हजार मासिक बचत हुने गरेको नन्दराम यादव बताउँछन् । नन्दराम यादवले लमहीमा दूध डेरी सञ्चालन गरेकाछन् । दुबै दाजुभाई मिलेर दुग्ध व्यवसाय गरेकाछन् ।भाई तिलकराम भैँसीको स्यारसुसार गर्ने, घाँसपानी गर्ने र दूध डेरी सम्म पु¥याउने काम गर्छन । उनीहरुले अहिले १० कठ्ठा् जग्गामा घाँस खेती गरेकाछन् । भैँसीपालेर भएको आम्दानीले लमहीको मध्यनगरमा ५ कठ्ठा जमिन पनि उनीहरुले किनिसकेकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *