सपना र वर्तमान

  
  प्रकाशित मितिः मङ्लबार, कार्तिक ५, २०७६       | 185 Views   ||

स्नेह सायमि
जब वर्तमान ठीकै थियो
खुशी नै थियौँ हामीहरु
भेट भएथ्यो धेरैअघि
वर्तमान विग्रेका स्वप्नद्रष्टासँग
भन्यो
सपना देख्न जान्नुपर्छ
‘सपना पुरा गर्न वर्तमान बिगार्ने हिम्मत गर्नुपर्छ
र सिकायो हामीलाई
आ–आफ्नो वर्तमान बिगारेर ठूला सपना देख्न
हामीले सपनामा सपना मिसाइरह्यौं
सपनाकै लागि आफूलाई क्षतविक्षत बनाइरह्यौं
उसले नयाँ सपना देखाइरह्यो
र त्यही सपना देखिरह्यौं निरन्तर
सपनाका लागि
कुदिरह्यौं
प्रत्येक दिन आउने
अनगिन्ति जिउँदा झरझराउँदा
वर्तमानहरुलाई
खाल्डामा पुरिरह्यौं
जसको वर्तमान विग्रेको थियो
र सपना देखाइरहेको थियो
हाम्रो सम्पूर्ण वर्तमानहरुको मूल्यमा
आफ्नो सपनाको निर्माण गरिरहेको रहेछ
हाम्रा सपनाहरुलाई पटक,पटक
आफ्नो वर्तमानमा बदलेर कतंै लकरहरुमा
सुरक्षित संचय गरिरहेको रहेछ
थाहा भो
भर्खरै थाहा भो
हाम्रो त सारा जीवन
वर्तमान विगार्नमै गएको
थाहा भो
वर्तमान बनाउँदै पनि
सपना देख्न सकिने पनि
थाहा भो
वास्तवमा
देखेको सपनासम्म पुग्ने
माइलस्टोन न हो वर्तमान
वर्तमान पुर्नेले
सपनामा पनि पुग्न नसक्दो रहेछ
एक हामी छौँ
अहिले पनि बिगारेर वर्तमान
सपनामा रम्ने बानी परेको छ ।
अर्को ऊ छ
जो
रत्नपार्कको फुटपाथमा
नक्कली औषधि बेच्ने चटकेझैँ
बाटोमा भेटिएका नयाँ मानिसहरुलाई
सपना देखाएर
बिग्रेको वर्तमानबाट
आफ्नो सपना संचय गर्ने
बानी परेको छ ।
जहाँ शान्तिको फूल फुल्नेछ
जहाँ सिर्जनाको बाली झुल्ने छ….
पर्ख, त्यो देश टाढा छैन
पर्ख, त्यो दिन टाढा छैन ।
चुपचाप मन पराएको थाहा पाएँ मैले
भित्र हलचल मचाएको थाहा पाएँ मैले

Leave a Reply

Your email address will not be published. Required fields are marked *