मनै लोभ्याउने संसारका आर्कषक पुल

  
  प्रकाशित मितिः शुक्रबार, कार्तिक ८, २०७६       | 140 Views   ||

कुनै पनि सहरलाई सुन्दर बनाउन पुलहरुको निकै ठूलो भुमिका रहेको हुन्छ । त्यसमा पनि आकर्षक रुपमा बनाइएका पुलले सहरलाई स्वर्ग जस्तै बनाइदिन्छन् । त्यस्ता आश्चर्य लाग्दा पुलहरु हेर्दा सबैलाई आनन्द र खुसी तुल्याउँछ । हेरौ संसारमा रहेका ती आर्कषक पुलहरु ः

१. यो टेम्स नदी माथि बन्दै गरेको पुल हो, जसलाई गार्डेन ब्रीज वा बगैंचा सहितको पुल पनि भनिन्छ । थोमस हेथरविकले टाइटानिकको एउटा दृश्यबाट प्रभावित भएर यसको डिजाइन गरेका हुन । करीब उच्च लागतमा बन्न लागेको यो पुलको निर्माण सन् २०१८ मा सम्पन्न भइसकेको छ ।

२. चीनको झाङ्शामा रहेको यस पुलको नाम लक्की नट पुल राखिएको छ । नेक्स आर्किटेक्टसले डिजाइन गरेको यो पुल अर्को वर्षबाट संचालनमा आउने जनाइएको छ । यसको आकार तथा नामले गुडलक वा सौभाग्य भन्ने जनाउँदछ ।

३. डेनमार्कको कोगे नगरमा रहेको यो पुल कोबे आर्किटेक्स र विटलिङ कोवीले संयुक्त रुपमा डिजाइन गरेका हुन । रेल तथा कार हिड्ने गरी बनाउन लागिएको यो पुलमा फ्युल स्टेशन र पार्किङको सुविधा रहेको छ ।

४. उरुग्वेको गार्जनमा रहेको यो पुलको डिजाइन राफेल भिनोलीले गरेका हुन । यो पुल माथिबाट हेर्दा निकै सुन्दर देखिन्छ ।

५ .स्पेनको बार्सिलोनामा बन्दै गरेकोे यो पुललाई साराजेभो पुल भनिन्छ । यो पुल वरपर हरियो घाँस रोपिएको छ भने बिजुली बिना नै झलझल बल्ने ढुङ्गा तथा कंक्रिट प्रयोग गरिएको छ जसले प्रदुषण गराउने तत्वलाई परिवर्तन गरेर वातावरण मैत्री बनाउँदछन् ।

६. चीनको झ्याङ लालेमा रहेको यो पुललाई हालै मात्रै संचालनमा ल्याइएको हो । ६९ फिट लामो र ७१८ फिट लामो यो पुललाई बन्जी जम्प तथा फेशन शो का लागि पनि प्रयोग गरिने बताइएको छ ।

७. डेनमार्कको कोपनहेगनमा रहेको यो पुललाई सर्कल ब्राउन पुल भनेर नामाकरण गरिएको छ । ओलाफर एलासनले डिजाइन गरेको यो पुलमा रहेका भागलाई हेर्दा बन्दरगाहमा डुङ्गा तैरिए जस्तो देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *