घोराही, घोराही उपमहानगरपालिका १३ डुम्मरगाउँको झण्डै डेढ बिघा जमिन । त्यही जमिनमा तिहारको छेकोमा ढकमक्क फुलेका छन सयपत्री फूलहरु ।
सयपत्री फूलसँग खेलिरहेका भेटिन्छन, क्षितिज मगर । रोल्पाको जेल्बाङमा जन्मिएका उनी हाल दाङको घोराही १४ मा बसेर केही बर्ष यतादेखि फूल व्यवसाय गदै आएकाछन् । माओवादी जनयुद्धमा होमिएका उनी धेरै साहित्यिक रचना गदै क्षितिजको नामले चिनिदै आइरहेकाछन् । राजनीति हुँदै फूलको व्यवसायमा तल्लिन क्षितिज त्यसैबाट आफनो आन्दानी पनि बढाउदै लगेकाछन् ।
‘तिहार आँगनैमा आइसकेको छ । लाखौं करोडौं मूल्य बराबरको नक्कली फूल बिक्री हुन्छ यो बेला । त्यसैले यो मौसमको सयपत्री फूलको मागलाई हेरेर केही आर्थिक गर्जो टारिन्छ कि भनेर फूलको खेती गरेको हुँ’, क्षितिज भन्छन, ‘दाजुभाइलाई प्लाष्टिकको नक्कली फूल लगाइदिनु भन्दा बारीमै फुलेको सयपत्रीको फूल लगाइदिँदा त्यसको अर्थ नै बेग्लै हुन्छ ।’ ँ