महिला उम्मेदवारका लागि महिला नेताकै अगुवाइ

  
  प्रकाशित मितिः बिहिबार, कार्तिक २१, २०७६       | 162 Views   ||

पछिल्लो समय नेपाली राजनीतिमा महिलाहरु सशक्त बन्दै गरेको दृश्य बिहीवार दाङ घोराहीको एउटा जुलुसमा देख्न सकिन्थ्यो ।

दाङ ३ ख मा मंसिर १४ गते प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले महिला उम्मेदवार मात्रै दिएन्,उम्मेदवारी दर्ताका क्रममा आयोजित जलुसको नेतृत्व पनि महिला नेताहरुले नै गरेका थिए । यो क्षेत्रमा बिमला खत्री ओलीले नेकपाबाट उम्मेदवारी दिनुभएको छ ।

‘जुलुसको अगुवाइ महिला नेताले गरेका छौं, फोटो खिच्ने पत्रकार त धेरै पुरुष पो देखिनुभयो’– जुलुसको अगुवाइ गरेका पूर्वसभामुख एवं नेकपा प्रदेश ५ का अध्यक्ष ओनसरी घर्तीले जिस्कदै भन्नुभयो ।

उहाँसहित अगाडिको भाग पूरै महिला नेताहरुले ढाकिएको थियो । नेकपाका केन्द्रीय सदस्यहरु रेखा शर्मा, दामा शर्मा, नारायणी शर्मा, शान्ता चौधरी, सांसदहरु कोमल ओली, बिष्णू पौडेल, गंगा चौधरी, सरस्वती गौतम, पूर्वसांसद अनारकली मियाँ, मेनका पोख्रेल, सिता सिग्देल न्यौपाने, जिल्ला नेताहरु पुनम शेर्पाली, सावित्रा विश्वकर्मा, प्रमिता चौधरी, शारदा स्वर्णाकार, राधिका परियार, मीना गुरुङ, हुमा डिसी, मायाँ आचार्यलगायतले जुलुसको नेतृत्व गर्नुभएको थियो ।

५१ प्रतिशत जनसंख्या रहेको नेपालमा महिलाको प्रभावकारी नेतृत्व स्थापित हुन नसकिरहेको बेला महिला नेतृत्व स्थापित गर्न यसता दृश्यले महत्वपूर्ण सन्देश दिने पूर्वसभामुख घर्तीले बताउनुभयो ।

महत्वपूर्ण संयोग त के देखिन्थ्यो भने जुलुसको अगुवाइ गर्ने धेरै महिला नेताहरु जनयुद्धबाट स्थापित भएका महिला नेताहरु थिए ।

नेपालमा चलेको दश बर्षे जनयुद्धबाट नेपालमा समानताको नयाँ अभियान थालिएको बताउँदै जनयुद्धका पहिलो महिला छापामारसमेत रहनुभएका नेकपाका केन्द्रीय सदस्य नारायणी शर्माले अब हरेक क्षेत्रमा महिलाको सशक्त उपस्थिति आवश्यक रहेको उहाँले बताउनुभयो ।

मंसिर १४ गते प्रतिनिधिसभा र प्रदेशसभामा गरी चार क्षेत्रमा निर्वाचन हुन थालेकोमा पार्टीले दुइ क्षेत्रमा महिला उम्मेदवार अघि सारेको भन्दै शर्माले यसले पनि नेपाली राजनीतिमा नयाँ संभावनाको संकेत गरेको बताउनुभयो ।
हामीले भन्दै आएको ५०र५० को उम्मेदवारी दिन यसपटक सफल भएका छौं’– पूर्वमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य रेखा शर्माले भन्नुभयो– ‘यो समानताको पक्षमा महत्वपूर्ण घटना हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *