यी हुन् दिमाग तेज बनाउने खाने कुरा

  
  प्रकाशित मितिः शनिबार, मंसिर २८, २०७६       | 155 Views   ||

स्वस्थ जीवनका लागि मस्तिष्क स्वस्थ हुनु आवश्यक हुन्छ । दिमाग तेज बनाउनका लागि केही विशेष आहारहरूमा ध्यान दिनुपर्छ । उमेर बढ्दै जाँदा दिमागका कोशिकाहरू नष्ट हुँदै जान्छन र स्मरणशक्तिमा ह्रास आउँछ । तर ब्रेन फूड खानुभयो भने दिमागलाई शक्ति प्राप्त हुन्छ । यी हुन दिमाग तीखो बनाउने खानेकुराहरू –
ओखर– दिनदिनै एक मुठी ओखर खानुभयो भने दिमागका नसाहरू तेज हुन्छन् ।
पालुंगो– पालुंगोमा भएको प्राकृतिक एन्टी अक्सिडेन्ट गुणले शरीरलाई धेरै लाभ दिन्छ ।यसमा भएको आइरन र म्याग्नेसियमले स्मरणशक्ति बढाउँछ र रगतलाई दिमाग तथा शरीरका अन्य अंग सम्म पु¥याउँछ ।
आलस – आलसको बिउमा फाइबर र प्रोटिन भरपूर हुन्छ । आलसका बीउलाई दहीमा हालेर खाँदा दिमाग तीखो हुन्छ ।
गोलभेंडा – गोलभेंडा सलादका रूपमा खानुभयो भने दिमागलाई धेरै फाइदा गर्छ । यसमा भएको लाइकोपीन एन्टी अक्सिडेन्टले शरीरलाई ह्याडिकल कणहरूबाट रक्षा गर्छ । मस्तिष्कका कोशीकाहरूलाई यसले सुरक्षित बनाउँछ । हरियो तरकारी ः हरियो तरकारी भरपूर मात्रामा पोषक तत्वहरू हुन्छन् । यिनले दिमागमा खराब असर गर्ने टक्सिनबाट बचाउँछन् । गाजर,बन्दाकोभी, काउली र सिमीहरूमा एन्टीअक्सिडेन्ट गुण हुन्छन्,जसले दिमागलाई
राम्रो बनाउँछन् ।
दही – दहीमा अमिनो एसिड हुनाले स्मरणशक्ति बढ्छ । यसले तनाव पनि भगाउँछ । दहीमा ड्राई फ्रुट हालेर खाँदा धेरै फाइदा पुग्छ । त्यस्तै ब्लुबेरी, केरा, चकलेट,फर्सीको बियाँ, जैतून तेल र साबुत अनाजले पनि दिमाग तीखो बनाउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *