‘टिमुर वर्ष’ कार्यक्रम

  
  प्रकाशित मितिः शनिबार, मंसिर २८, २०७६       | 126 Views   ||

टिमुर खेतीलाई बढावा दिने गरी जिल्लामा बर्षलाई ‘टिमुर वर्ष’ भनि कार्यक्रम शुरु गरिएको छ । दाङको पहाडी क्षेत्रमा छरिएर रहेका बस्ती र स्थानीय जनतालाई स्वरोजगार बनाई उनीहरुको जीवीकोपार्जनमा सुधार ल्याउने उद्देश्यले टिमुर बर्ष कार्यक्रम शुरु गरिएको हो ।
डिभिजन वन कार्यालय दाङले हेर्ने गरी टिमुरसँगै अन्य बहुमुल्य जडिबुटी जस्तैं सुगन्ध कोकिला माला गेडीका विरुवा रोपिने बताइएकोछ । टिमुर खेतीका लागि दाङको बंगलाचुली गाउँपालिकालाई प्राथमिकतामा राखिएकोेछ । यो गाउँपालिकाको काभ्रे, जुम्लेपानी, सैघा, स्युजा लगायतका गाउँमा प्रशस्त मात्रामा टिमुर खेती गर्न सकिने भएकाले प्राथमिकतामा राखिएको डिभिजन वन कार्याल दाङका प्रमुख विमल ज्ञवालीले जानकारी दिनुभयो ।

टिमुर वर्षमा स्थानीयसँगको सहकार्यमा टिमुर खेतीलाई प्रवद्र्धन गर्न ग्रामीण बस्तीमा एक लाख टिमुरका बिरुवा उत्पादन शुरु गरिएको छ । मसला बनाउन उपयोगी मानिने टिमुर बहुबर्षे जडिवुटी भएको र यसको बजार मूल्य महंगो भएका कारण स्थानीयलाई स्वरोजगार बनाउन टिमुर रोप्ने कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाइएको डिभिजन वन कार्यालय दाङका प्रमुख ज्ञवालीले जानकारी दिनुभयो । ‘एउटा टिमुरको बोटमा ३ देखी ४ किलोसम्म टिमुर फल्ने गर्छ ।

एक किलो टिमुरको मुल्य ४ हजार छ ।’उनले भने ‘एउटा परिवारले ५० वटा बिरmवा हुर्काउन सके मात्र वर्षमा लांखौको आम्दानी गर्न सक्छ ।’ टिमुर रोप्ने कार्यक्रमका लागि डिभिजन वन कार्यालय दाङको डिभिजन वन नर्सरी अम्वापुरमा ५० हजार, तुल्सीपुरको नर्सरीमा २५ हजार र नारायणपुरको वन नर्सरीमा २५ हजार टिमुरमा विरुवा उत्पादन शुरु गरिएको छ । तीन वटै नर्सरीमा २० हजार मालागेडीको बि?वा उत्पादन समेत शुरु गरिएको छ ।
डिभिजन वन कार्यालय दाङले जिल्लाको उत्तरी भागमा टिमुर खेतीको प्रशस्त सम्भावना रहेको र स्थानीयको मुख्य नगदे बालीका रुपमा पनि टिमुर खेतीलाई विस्तार गर्न सकिने विश्वास सहित यो कार्यक्रमलाई अघि बढाउन थालेको हो ।

कार्यालयका प्रमुख ज्ञवालीका अनुसार यो वर्ष कार्यालयबाटनै एक लाख टिमुरका बिरुवा वितरण गरिनेछ भने आगामी वर्षमा पनि थप कार्यक्रम राखेर ५ लाख बिरmवा रोप्ने उद्देश्य छ । बंगलाचुली गाउँपालिकामा टिमुर खेतीका लागि विस्तृत सम्भाव्यता अध्ययनपछि यो कार्यक्रम ल्याइएको ज्ञवालीले जानकारी दिए । उनका अनुसार बिरुवा उत्पादनपछि वितरण गर्दा पहिलो प्राथमिकता किसानलाई र किसानलाई पुगेपछि सामुदायिक वन र राष्ट्रिय वनको खाली जग्गालाई प्राथमिकतामा राखिने छ ।

किसानले ठूलो मात्रामा उत्पादन गर्ने टिमुर र मालागेडीको बजार खोज्ने,उचित मूल्य कायम गर्ने र सहज तरीकाले निकासीका लागि समेत डिभिजन वन कार्यालयले सहजीकरण गर्ने गरी योजना बनाइएको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *