टरीगाउँ एयरपोर्टमा बाउजर मेसिन र ट्याङकर आउने

  
  प्रकाशित मितिः बिहिबार, माघ २३, २०७६       | 63 Views   ||

तुल्सीपुर,उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले तुलसीपुरको टरीगाउँ एयरपोर्टमा दशैसम्म बाउजर मेसिन र ट्याङकर आउने बताउनुभएको छ ।टरीगाउँ एयरपोर्टको स्थलगत अनुगमणपछि आयोजित कार्यक्रममा सचिव अर्यालले बाउजर मेसिन खरिद प्रक्रियामा गएकाले पहिलो प्राथमिकता दाङको टगरिगाउँ एयरपोर्टलाई नै दिने उहाँले बताउनुभयो ।‘ब्राउजर खरिद प्रक्रियामा गइसकेको छ । आउने वित्तिकै दाङलाई पहिलो प्रथामिकता दिन्छौ,’ सचिव अर्यालले भन्नुभयो –‘ दशैसम्म ब्राउजर मेसिनसंगै ठूलै काम हुन्छ ।तत्कालका लागि भएपनि एक हप्तालाई पुग्नेगरी इन्धन भण्डारणको व्यवस्था गर्छौ ।’ स्थायी इन्धान डिपो र हवाई मैदानको विस्तारका लागि आफुहरु कटिवद्ध रहेको बताउनुभयो ।

सो अवसरमा अवसर तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले टरिगाउँ एयरपोर्टको हवाई मैदानलाई साढे ७ सयबाट बढाएर १२ सय मिटर पु¥याउनका लागि काम अघि बढेको बताउदै थप १५ सय मिटरका लागि पनि आवश्यक पर्ने जग्गा र आर्थिक सहयोग गर्न नीजि क्षैत्र तयार रहेको बताउनुभयो ।‘ हवाई मैदानका लागि प्राविधिक सहयोग तपाई गर्नुस,’ नगर प्रमुख पाण्डेले भन्नुभयो –‘आर्थिक सहयोग गर्न तुलसीपुर उद्योग बाणिज्य संघ, चेम्बरलगाएतका निजि क्षेत्र तयार छन् ।’

स्तर वृद्धिमा रहेका नेपालका ७ वटा विमानस्थल मध्य तुलसीपुर पनि परेको बताउदै नगर प्रमुख पाण्डेले इन्धन डिपो स्थापनाको कार्य थालनी संगै तत्कालका लागि एउटा ब्राउजर मेसिन र दुई वटा ट्याङकर आवश्क रहेको बताउनुभयो ।कार्यक्रममा नेपाल आयल निगमका महाप्रवन्धक सुरेन्द्र पौडेल, आयल निगमकै सुशिल भटराई, राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा अपार, प्रदेशसभा सदस्य अमरबहादुर डाँगी, प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल लगाएतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *