‘शहीदको योगदानबाटै गणतन्त्र प्राप्ति’

  
  प्रकाशित मितिः आइतवार, माघ २६, २०७६       | 149 Views   ||

घोराही,लोकतान्त्रीक आन्दोलनका प्रथम शहीद उमेशचन्द्र थापाको १४ औँ स्मृती दिवस आइतबार घोराहीमा मनाईएको छ । शहीद उमेशचन्द्र थापा स्मृती प्रतिष्ठान दाङको आयोजनामा थापालाई सम्झदै शहीदहरुको सपना पुरा गर्न अझै बाँकी रहेको बक्ताहरुले बताएका छन् ।
लोकतान्त्रीक आन्दोलनकै जगमा धेरै उपलब्धीहरु प्राप्ती भएको भन्दै बक्ताहरुले अब जनताको अधिकार सँग न्यायलाई जोड्नु पर्ने बताएका छन् । प्रतिष्ठानका अध्यक्ष विकिरण गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाल कम्युनिष्ट पार्टीका प्रदेश सचिब जगप्रसाद शर्माले शहीदहरुको योगदान लोकतान्त्रीक गणतन्त्र भएको बताए ।
अब गरिने विकास, संबृद्धी र रुपान्तरण नै शहीदहरुको सपना भएको उल्लेख गर्दै उनले यसलाई संस्थागत गर्न सबै पार्टीहरुको सोच एउटै हुनुपर्ने बताए । कार्यक्रममा नेकपाका दाङ जिल्ला इन्चार्ज जिवन गौतमले रुपान्तरण र न्यायका लागि भएको आन्दोलन अहिले देश निर्माणको सारथी बनेको बताए ।
कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य नारायणि शर्मा, दाङ जिल्ला अध्यक्ष टीकाराम खड्का, नेकपाका संस्थापक सचिब नारायणप्रसाद शर्मा, नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापती भुपबहादुर डाँगी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष गणेश आचार्य, नागरिक समाजका संयोजक चन्द्रराज पन्त, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनले शहीदहरुले देखाएको बाटो साझा भएको उल्लेख गरे । साथै उgLx?हरुले व्यक्तिबादी भन्दा देशको हितका निम्ती एकताका साथ विकास र संबृद्धीमा लाग्नु अहिलेको आबस्यकता भएकोमा जोड दिए ।
प्रतिष्ठानका उपाध्यक्ष विवेक श्रेष्ठको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण महासचिब सुरामणी बेल्वासेले गर्नुभएको थियो । यसैविच प्रतिष्ठानले तत्कालिन आन्दोलनमा घाईते कृष्ण गिरी र शहीद गेट निर्माणमा भूमिका खेल्ने सम्भु गौतमलाई सम्मान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *