पूर्वसभामुख महराद्धारा राहत हस्तान्तरण

  
  प्रकाशित मितिः शुक्रबार, बैशाख ५, २०७७       | 109 Views   ||

दाङ । दाङ २ नं. निर्वाचन क्षेत्रबाट संघीय संसदमा प्रतिनिधित्व गर्र्नेपूर्वसभामुख कृष्णबहादुर महराले आफ्नो निर्वाचन जिल्लामा पहिलोचरणमा १ सय बोरा चामल राहत उपलब्ध गराउनु भएको छ । आफनो प्रतिनीधि मार्फत पूर्वसभामुख महराले विहीबार जिल्ला विपद् व्यवस्थापन कोषमा १ सय बोरा चामल उपलब्ध गराउनु भएको हो ।
महराका स्वकीय सचिव प्रमोद शर्मा मार्फत उक्त राहत सामाग्री सिडियो गोविन्द रिजाललाई हस्तारण गरिएको थियो ।
कोरोना भाइरस कारण सरकारले लकडाउन थपिदै गएपछि दैनिक ज्याला मजदूरी तथा विपन्न गरिव परिवारलाई केहि सहयोग हुने आशा सहित उक्त सामाग्री उपलब्ध गराएको महराको सचिवालयले जनाएको छ । पहिलो चरणमा जिल्लामा गरिव विपन्न तथा दैनिक ज्याला मजदूरी गर्नेहरुको निमित्त उक्त सहयोग सामाग्री पठाइएको र अर्कोचरणमा महराले पीपीई, मास्क, औषधि, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री जुटाउने अभियानमा जुटेको जनाउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *