प्रदेश ५ सरकारले पैदल हिँडेकालाई घरसम्म पु‍¥याइदिने

  
  प्रकाशित मितिः शुक्रबार, बैशाख ५, २०७७       | 138 Views   ||

बुटवल– प्रदेश ५ सरकारले लकडाउनको समयमा पैदलै घर जान भनी हिँडेकाहरुलाई गन्तव्यसम्म पु‍¥याइदिने भएको छ ।
पूर्वपश्चिम राजमार्गमा काठमाडौं, धादिङ, चितवन लगायतका जिल्लाबाट आउने मजदुर, विद्यार्थी र सर्वसाधारण दिनदिनै बढ्दै गएपछि प्रदेश सरकारले स्थानीय तहहरुसँग समन्वय गरी पैदल यात्रुहरुको खानपान र स्वास्थ्य जाँचको व्यवस्थापन सहित घर पुग्ने व्यवस्था मिलाएको छ । जसका लागि प्रदेश ५ सरकारले प्रदेशका १ सय ९ वटै स्थानीय तहहरुलाई १० लाखदेखि २५ लाखसम्मको विशेष अनुदान दिएको छ ।
प्रदेशका नाकाहरुमा रहेका स्थानीय तहले आफ्नो सीमामा आएका पैदल यात्रुहरुलाई प्रहरी प्रशासनको समन्वयमा स्थानीय क्वारेन्टाइनमा लगेर उनीहरुको स्वास्थ्य जाँँच गर्ने र एउटै जिल्ला वा स्थानीय तहका व्यक्तिहरुलाई पालैपालो घर पुग्ने व्यवस्था मिलाउने मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *