मौसमआँपको यसका छन फाइदै,फाइदा

  
  प्रकाशित मितिः शुक्रबार, साउन ९, २०७७       | 123 Views   ||

आँपलाई स्वाद र स्वास्थ्यका दृष्टिले ‘फलको राजा’ भन्ने गरिन्छ । यसका अलावा भिटामिन बी, सी, तथा डी पनि पर्याप्त मात्रामा पाइन्छ । सोडियम, पोटासियम, ताम्र, गन्धक, म्याग्नेसियम, क्लोरोन तथा नियासिन पनि पाकेको आँपमा पाइन्छ ।
आँप खादाँ यस्ता छन, फाइदै फाइदा  ः
प्रजनन क्षमतामा वृद्धि गराउँछ आँँप फोलेट र फोलिक एसिडयुक्त हुन्छ, जसले प्रजनन क्षमता बढाउन मद्दत गर्छ ।
प्रशस्त खनिजयुक्त पाइन्छ ः आँपमा कपर, सेलेनियम,जिंक तथा पोटासियम हुन्छ,जुन मानव स्वास्थ्यका लागि आवश्यक हुन्छ । यस्ता खनिजको अभावमा मानिसमा विभिन्न स्वास्थ्य समस्या देखापर्छन।
यौन क्षमता बढाउछ ः आँपमा हुने भिटामिन ईले मानिसमा यौनक्षमता बढाउन मद्दत गर्छ। यसले कोलेस्टेरोल घटाउन र मधुमेह रोक्न मद्दत गर्छ। आँपले रगतमा हुने घातक होमोसिस्टाइन तहलाई नियन्त्रण गरी हृदयाघात हुनबाट बचाउछ ।
छालामा चमक ल्याउँछ ःआँपले छालाका लागि निकै राम्रो गर्छ, छालामा भएका काला धब्बा तथा दाग हटाउछ र प्राकृतिक चमक ल्याउछ। आँपमा हुने भिटामिन ए र बेटा क्यारोटिनले छाला पुनर्निर्माण गर्छ।
क्यान्सर हुनबाट बचाउँछ ः आँप एन्टिअक्सिडेन्टयुक्त हुन्छ, जसले स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर कोलोन क्यान्सर तथा ल्युकेमियाबाट बचाउछ ।
आँखाको शक्ति बढाउँछ ः यसमा हुने भिटामिन ए र रेटिनोलले आँखाको शक्ति बढाउछ।
फाइबर र भिटामिन पाइन्छ ः आँपमा हुने फाइबर र भिटामिन सिको प्रचूर मात्राले लिपोप्रोटिनको कम उपस्थितिलाई घटाउन मद्दत गर्छ, जसबाट कोलेस्टेरोलको मात्रा घट्छ।
पाचन प्रक्रिया राम्रो बनाउँछ ः आँपले पनि पाचन शक्तिलाई राम्रो बनाउँछ, किनभने यसमा फाइबर उल्लेख्य मात्रामा हुन्छ। फाइबरले दिसा राम्रो हुन्छ र मेटाबोलिक रेटलाई वृद्धि गर्छ।
रोगप्रतिरोधी शक्ति बनाउँछ ः आँपमा २५ प्रकारका क्यारोटेनोइड्स हुन्छन र तिनीहरुमा उच्च मात्रामा भिटामिन सि हुने हुनाले शरीरलाई रोग प्रतिरोधी बनाउन मद्दत गर्छ ।
कपाल लामो बनाउँछ ः भिटामिन र खनिजयुक्त भएकाले यसले कपालको वृद्धिलाई पनि लाभदायी हुन्छ । यसले कन्डिसनरको पनि काम गर्छ । यसमा हुने भिटामिन एले चाँया हटाउछ र कपालमा चमक ल्याउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *