वर्षायाममा डेंगु संक्रमण र अपनाउनुपर्ने सावधानी

  
  प्रकाशित मितिः शुक्रबार, साउन ९, २०७७       | 260 Views   ||

डा.असरफ हुसेन
विश्वको ध्यान कोरोना भाइरस नियन्त्रणमै केन्द्रित छ र डेंगु, कालाज्वर, मलेरिया लगायत गम्भीर प्रकृतिका संक्रमण यस वर्ष बेवास्तामा परेका छन र यी सबैको संक्रमणको जोखिम वर्षायाममै बढी हुन्छ  र यी संक्रमणको मुख्य कारण लामखुट्टेको टोकाइ हो ।
यी मध्ये कतिपय संक्रमणको लक्षण कोरोनासँग पनि मिल्दाजुल्दा हुन्छन । त्यसैले लक्षण देखिना साथ कोरोना परीक्षण तर्फ लाग्ने र वास्तविक रोगको उपचार हुन नसक्ने जोखिम पनि उत्तिकै छ ।
– कोरोना प्रसार रोक्न बारम्बार साबुनपानीले हात धुनुपर्छ र त्यसका लागि ठाउँ–ठाउँमा हात धुने व्यवस्था छ र तर, त्यो पानीको व्यवस्थापन नगरिँदा डेंगु, मलेरिया, कालाज्वर सार्ने लामखुट्टेले प्रजननको अवसर पाउँछन ।
– डेंगु ज्वरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ र एडिस लामखुट्टेले दिउँसो मात्र टोक्छ र यो रोग मानिसबाट मानिसमा सिधै सर्दैन ।
– यो लामखुट्टेले वर्षाको पानी जम्ने टिनका डब्बा, पुराना टायर, अलकत्रा र मट्टितेलका खाली ड्रम,फूलदानी, गमला, कुलर, पानीका ट्यांकी लगायतमा फूल पार्छ र त्यसैले पानी जम्ने त्यस्ता डब्बाहरूको व्यवस्थापन गरौँ ।
– डेंगु ज्वरोको मुख्य लक्षण एक्कासि ज्वरो आउनु हो र यस्तो ज्वरो पाँचदेखि सात दिनसम्म रहन्छ ।
– आँखाको गेडी र टाउकोको पछिल्लो भाग धेरै दुख्छ र शरीर कटकटी दुख्छ र शरीरमा बिमिरा आउने र रक्तश्राव गराउँछ र जोर्नी,हड्डी र मांसपेशी दुख्छन ।
– यीमध्ये दुईवटा मात्र लक्षण देखियो भने पनि डेंगु संक्रमण भएको शंका गर्न सकिन्छ र बान्ता हुने,पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, शरीरमा नीलडाम देखिने, बेहोस हुने लक्षण पनि देखिन्छन ।
– डेंगु ज्वरोको खास उपचार नभएकाले स्वास्थ्यकर्मीले लक्षणका आधारमा उपचार गर्छन ।
– लामखुट्टेको टोकाइबाट बच्नुनै डेंगु ज्वरोबाट बच्ने उपाय हो र त्यसैले घरवरिपरि पानी जम्न नदिऔँ र लामखुट्टेको टोकाइबाट बच्न पूरा बाहुला भएका कपडा लगाऔँ ।
– पानी जमेका स्थानमा सातामा दुईपटक मोबिल र मट्टितेल छर्किने गरौँ र खानेपानीका ट्यांकी लामखुट्टे प्रवेश गर्न नसक्ने गरी ढाक्ने गरौँ र सम्भव भएसम्म सातामा एकपटक ट्यांकी सफा गरौँ ।
– कुलरमा रहने पानीमा हरेक साता १–२ चम्चा मट्टितेल हाल्ने गरौँ र र, हरेक पाँच दिनमा कुलरको पानी सफा गरौँ र गमलाको सतहमा पानी जम्न नदिऔँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *