दाङमा चिसो बढ्यो

  
  प्रकाशित मितिः बुधबार, पुस १, २०७७       | 70 Views   ||

दाङ, पुस लागेसँगै दाङ सहित देशभर चिसो ह्वात्तै बढेको छ । दाङ उपत्यकाको न्यूनतम तापक्रम पछिल्लो समय घट्दो क्रममा रहेको जल तथा मौसम फिल्ड कार्यालय घोराहीले जनाएको छ ।
दाङको न्युनतम तापक्रम मंगलबार यो वर्षकै कम मापन गरिएको छ । मौसम फिल्ड कार्यालयका अनुसार मंगलबार विहान दाङको तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियसमा झरेको थियो । यसअघि शनिबार १० दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको दाङंको आइतबारको न्यूनतम तापक्रम झण्डै १ डिग्री घटेर ९ दशमलव ५ डिग्रीमा झरेको थियो । राति आकाश खुलेकाले बिहानको तापक्रम घटेको मौसमविद् गंगा नगरकोटीले बताउनु भयो ।

उहाँका अनुसार राति आकाश खुले जमिन चिसो भएर बिहानको तापक्रम घट्ने गर्छ । तर राती बादल लागे जमिन चिसिन पाउँदैन र बिहानको तापक्रम बढ्छ । बिहीबारसम्म रातीमा पहाडी क्षेत्र बाहेकका ठाउँको मौसम आशिंक बदली हुने देखिएकाले न्यूनतम तापक्रम अझै घट्ने पूर्वानुमान गरिएको छ ।

उता कर्णाली प्रदेशको जुम्लाको तापक्रम भने माइनस ६ मा झरेको छ । चिसो बढ्दै जाँदा देशभरको जनजीवन प्रभावित भएको छ । तराईमा भने हुस्सु लागेपछि चिसो अत्याधिक बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *