संविधान निमोठने ओलीको कदम प्रतिगामी छ ः माधव नेपाल

  
  प्रकाशित मितिः शुक्रबार, पुस २४, २०७७       | 77 Views   ||

काठमाडौं। नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री ओलीले चालेको कदम प्रतिगामी कदम भएको भन्दै संविधान निमोठ्ने कदम, संघीयताको गला रेट्ने कदम भएको बताए। शुक्रबार बबरमहलमा नेकपाको पेशागत विशेष जिल्ला कमिटीको प्रशिक्षणमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्। नेता नेपालले आफू

लोकतन्त्रमा प्रतिवद्ध रहेको भन्दै भने– ‘हामी कम्युनिस्ट हौं, हामी सर्वहारावादी दृष्टिकोण राख्दछौं। गरीब, दुखी सर्वहारा हाम्रा मित्र हुन्, हामीले तिनीहरुको पक्षमा काम गर्छौं। कम्युनिस्टहरु राष्ट्रवादी हुन्छन्। देशभक्त हुन्छन्। देशको स्वाधीनताको पक्षमा लड्छन्। तर, बिडम्बना, पार्टीको नेतृत्वमा पुगेको एक जना व्यक्तिको कारण लोकतन्त्र संकटमा परेको छ । संविधान संकटमा परेको छ। ओलीको कदम लोकतन्त्रको खिलापमा छ, जनताको बहुदलीय जनवाद र २१ औं शताब्दीको गला रेटेका छन्।’
प्रतिनिधि सभा बिघटन नेपाली राजनीतिक इतिहासमा सामान्य परिघटना होइन। यो भयंकर ठूलो विषय हो, राष्ट्रिय विषय हो। यो लोकतन्त्रको विषय हो, नेता नेपालले भने। नेता नेपालले आफूहरुले सामान्य आन्दोलन नभई, देशभरि आन्दोलनको आँधीबेहरी ल्याउँने बताए।
उनले भने, ‛ओलीको कदम जनताको बहुदलीय जनवादसँग मेल खाँदैन, २१ औं शताब्दीको जनवादसँग पनि मेल खाँदैन। जनताको जनवादसँग मेल खाँदैन। उहाँले जनताको

बहुदलीय जनवादको घाँटी निमोठ्नुभएको छ। हाम्रो कार्यदिशा जनताको जनवाद हो। हामी यसमा दृढ छौं।’
ओलीले नेपालमा नयाँ डक्ट्रिन स्थापित गरेको उनले बताए। बहुमत अल्पमतको मातहत हुने, देश व्यक्तिको मातहत हुने, कमिटी व्यक्तिको मातहत हुने, संविधान प्रधानमन्त्रीको मातहत हुने अचम्मको अचम्मको डक्ट्रिन ओलीदे स्थापित गरेका नेता नेपालले बताए। ओलीले कलंकको टीका लगाइसकेको भन्दै देशको शीर निहुरेको नेता नेपालले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *