प्रधानमन्त्री विरुद्ध बयलगाडा प्रर्दशन

  
  प्रकाशित मितिः आइतवार, पुस २६, २०७७       | 60 Views   ||

काठमाण्डौं, अनेरास्ववियूले आज देशभरी प्रधानमनत्रीका विरुद्ध बयलगाडा प्रर्दशन गरेका छन । प्रधानमन्त्री केपी शर्मा,ओलीले असंबैधानिक रुपमा संसद विघटन गरेपछि अनेरास्ववियूले निरन्तर रुपमा प्रधानमन्त्रीको गरिरहेको छ । दोस्रो चरणको विरोध कार्यक्रम अनुसार आज देशका प्रमुख शहरहरुमा अनेरास्ववियुले बयलगाडा प्रर्दशन गरेको हो । केपी ओली गणतन्त्र विरोधी, परिवर्तन विरोधी भएकाले अहिलेको संसद विघटन गरेको अनेरास्ववियूको ठहर गरेको छ ।

गणतन्त्र प्राप्तिको आन्दोलन चलिरहेको समयमा ओलीले नेपालमा गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका जानु जस्तै हो भन्ने अभिव्यक्ति दिएका थिए । कम्युनिष्टहरुले लडेर ल्याएको उपलब्धीहरु अहिले कम्युनिष्टकै नेता प्रधानमन्त्री तथा राष्ट्रपति भएको बेला संकटमा रहेको छ । अहिलेको व्यवस्थालाई नै धरापमा पर्नेगरी र देशमा अस्थिरता आउँने गरी चालेको यो कदमको सबै क्षेत्रमा कृयासिल मानिसहरुले विरोध गरिरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *