एकै दिन पचास अटो पक्राउमा

  
  प्रकाशित मितिः मङ्लबार, पुस २८, २०७७       | 105 Views   ||

तुलसीपुर, तुलसीपुर क्षेत्रमा अटोको मनपरी हुने गरेको पाइएको छ । पछिल्नो समय पश्चिम दाङमा अटो चालकको लापरवाहीले गर्दा अटो दुर्घटना पनि बढेको पाइन्छ । चालकहरुले ट्राफिक नियम विपरित जथाभावी अटो चलाउदा दुर्घटनाको जोखिम बढ्न थालेपछि तुलसीपुर ट्राफिक प्रहरीले कडाई गरेको छ । क्षमता भन्दा बढि यात्रु राख्ने, सवारी चालक अनुमति पत्र बिना चलाउने, कागजपत्र साथमा नराख्ने, लापरवाही गर्ने अटो र चालकलाई ट्राफिक प्रहरीले निगरानीमा राखेको छ ।
त्यस्ता नियम विपरित चलेको पाइएपछि सोमवार तुलसीपुर क्षेत्रबाट एकै दिन पचास वटा अटोलाई ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख चन्द्र केसीले जानकारी दिएका छन । कागजपत्र साथमा नराखेर लापरवाही गर्ने,जथाभावी चलाउने,तीव्र गति र क्षमता भन्दा बढि यात्रु बोक्ने गरेको पाइएपछि ती अटोलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *