नेकपा दाङको वृह्त प्रशिक्षण कार्यक्रम तुल्सीपुरमा हुँदै

  
  प्रकाशित मितिः बिहिबार, माघ १, २०७७       | 65 Views   ||

 

दाङ, नेकपा दाङ (प्रचण्ड–नेपाल) को जिल्लास्तिरीय बृह्त कार्यकर्ता प्रशिक्षण कार्यक्रम यहि माघ ३ गते तुल्सीपुरमा हुने भएको छ । जिल्ला पार्टीको आयोजनामा हुने उतm प्रशिक्षण कार्यक्रममा नेकपाका अध्यक्ष माधव नेपाल,सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु आउन लागेको जल्ला इन्चार्ज जीवन गौतमले जानकारी दिनुभयो ।
तुल्सीपुरको दोघरेस्थित उद्योग बाणिज्य संघको नयाँ भवनमा हुने अगुवा कार्यकर्ता भेलालाई पार्टी अध्यक्ष माधव नेपाल, सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ,स्थायी समिति सदस्य कृष्णबहादुर महरा, प्रदेश इन्चार्ज युवराज ज्ञवाली लगायतका नेताहरुले प्रशिक्षण दिने हुने भएको छ । पार्टीको आन्तरिक प्रशिक्षण कार्यक्रममा वडादेखि माथिका सबै जनवर्गीय संगठनका अगुवा, जनप्रतिनीघि सहितका २ हजार अगुवा कार्यकर्ताहरु सहभागि हुने जिल्ला अध्यक्ष टिकाराम खड्काले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *