लुम्बिनीमा माओवादी केन्द्रबाट मुख्यमन्त्री बन्दै सोनाम ४२ सांसदको हस्ताक्षर

  
  प्रकाशित मितिः बिहिबार, साउन २८, २०७८       | 14 Views   ||

लुम्बिनी प्रदेश सरकारमा दाबी गर्दै चार दलीय गठबन्धनले ४२ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएका छन ।
माओवादी केन्द्रका नेता कुलप्रसाद केसी (सोनाम) लाई ४२ जना सांसदको समर्थन रहेको भन्दै गठबन्धनका संयोजक एवं कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले प्रदेश प्रमुख शेरचनलाई हस्ताक्षर बुझाएका हुन ।
गठबन्धनमा हृदयश त्रिपाठी समूहमा रहेका अजय शाही समेत मिसिएका छन । उनले पनि केसीलाई समर्थन गर्दै हस्ताक्षर गरेका छन । सूर्य चुनाव चिह्न लिएर चुनाव जितेका त्रिपाठी केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री थिए ।
लुम्बिनी प्रदेशमा गठबन्धनको तर्फबाट केसीको पक्षमा स्पष्ट बहुमत देखिएको छ । त्यसैले प्रदेश प्रमुख शेरचनले केसीलाई आजै मुख्यमन्त्री नियुक्त गर्ने बताइएको छ । आजै सपथ ग्रहण गरेर सानो आकारको मन्त्रिपरिषद गठन गर्ने सोनामको तयारी रहेको बुझिएको छ ।
अल्पमतमा परेपछि एमाले नेता शंकर पोखरेलले बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *