पर्यटकको रोजाईमा पर्न थाल्यो फनपार्क

  
  प्रकाशित मितिः बिहिबार, साउन २८, २०७८       | 14 Views   ||

दाङ, घोराही उपमहानगरपालिका वडा नम्वर १० अमराईमा रहेको फन पार्क सञ्चालनमा आएसँगै त्यो पर्यटकको प्राथमिकता पर्न थालेको छ ।
फनपार्क संन्चालनमा आएसँगै आन्तरिक पर्यटकहरु स्वतः फनपार्कमा मनोरन्जन लिन आउन थालेका छन भने सो ठाउँ बाह्य पर्यटकको पनि आर्कषणस्थल बन्दै जानथालेको छ ।
फनपार्कमा गेष्टरुम, पार्टी प्यालेस, रेष्टुरेण्ट, इन्डोरगेम, लाइज जिम, व्याडमिन्टन कोट, बालउद्यान, वाटरपार्क, प्रतियोगिता गराउन मिल्ने स्वीमिङ पुलको व्यवस्था गरिएको छ । पिकनिक खान जानेहरुलाई छुट्टै व्यवस्था समेत गरिएको छ ।

निश्चित रकम लिएर पिकनिक खान दिइने छ । अहिले वाटर पार्क,स्वीमिङ पुल बाहेकका सेवा सशरु भइसकेका छन भने अन्य सबै सेवाहरु सञ्चालनका लागि तिव्र्र गतिमा काम भइरहेको प्रालिका महाप्रवन्धक नरेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
कोरोना संक्रमणको महामारी जारी रहेकै अवस्थामा दाङमा होटल र बाल उद्यान सहितको फनपार्क सञ्चालनमा आएको हो । फन पार्कमा पुगेर बालबालिकाहरु रम्न र रमाउन सक्ने खालका विभिन्न संरचनाहरु तयार पारिएको छ । घोराही उप–महानगरपालिका– १० को अमराइमा विभिन्न सेवा एकै स्थानमा प्रदान गर्ने उद्धेश्यका साथ फन पार्क सञ्चालनमा ल्याएको श्रेष्ठले जानकारी दिनुभयो ।
बजारी क्षेत्रबाट केहीभित्र भएकाले पनि त्यहाँको वातावरण शान्त र प्राकृतिक सुन्दरतामय छ । ३ वर्ष अघिबाट निर्माण सुरु गरिएको दाङ फन भ्याली प्रालि सञ्चालनमा आएको केही समय भइसकेको छ ।
उक्त फन पार्कमा हालसम्म करिव १५ करोडको लगानी लागी सकेको प्रालिका महाप्रबन्धक श्रेष्ठले जानकारी दिनुभएको छ ।
३ विगाह ५ कठामा फैलिएको फनपार्क जग्गा भाडामा लिएर सञ्चालन गरिएको हो । जिल्लामा नयाँ प्रकारको व्यवसाय गर्ने उद्देश्यले फनपार्क सञ्चालन गरिएको र होटेलहरुमा पनि नयाँपन दिएर सञ्चालन गर्न पर्दछ भन्ने सोचका साथ आफूहरु अगाडि बढेको उहाँले बताउनु भयो । फनपार्कमा ५० जनाले रोजगारी पाउने छन । यसले थोरै भए पनि रोजगारीको सृजना गर्ने सञ्चालकहरु बताउँछन । दाङमै यति ठुलो लगानीको सुविधा युक्त फन पार्क सञ्चालनमा आउनु जिल्लावासीको लागि सुखद विषय हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *