प्रदेश राजधानी भालुवाङबाट माओवादीले नयाँ नेतृत्व छान्दै

  
  प्रकाशित मितिः मङ्लबार, मंसिर २१, २०७८       | 13 Views   ||


दाङ, माओवादी केन्द्रले यहि मंसिर २५ र २६ गते दाङको भालुवाङमा पार्टीको प्रदेश सम्मेलन गर्ने भएको छ । लुम्विनी प्रदेशको स्थायी राजधानी भालुवाङ घोषणा पछि सो ठाउँमा पार्टीको अधिवेशन गर्नेमा ेमाओवादी नै पहिलो बनेको छ ।

प्रदेशका १२ जिल्लाबाट १ हजार बढि प्रतिनीधिहरु सहभागि हुने सो सम्मेलनले माओवादीको नयाँ नेतृत्व छान्दै छ । कार्यकारी जिल्ला समितिको संरचनालाई हटाई पालिका र प्रदेश कमिटीलाई कार्यकारी बनाउन थालेको माओवादीको यो सम्मेलनलाई निकै महत्वपूर्ण मानिएको छ ।
यस अघि प्रदेशका १०९ वटै पालिकाको सम्मेलन सम्पन्न गरिसकेको माओवादीले हरेक पालिकाबाट १ जना प्रतिनिधित्व हुने गरी प्रदेशमा नेता चुनिने व्यवस्था विधानमा गरेको छ । २०५ जनाको कार्यसमिति हुने प्रदेश कमिटीमा करिब ७० जना महिला अनिवार्य पर्ने व्यवस्था रहेको माओवादी दाङका इन्चार्ज तथा सम्मेलन प्रचार,प्रसार उपसमितिका संयोजन जीवन गौतम बताउनु हुन्छ ।

गौतमका अनुसार कमिटीमा ३५ प्रतिशत महिला, १५ प्रतिशत दलित, ५ प्रतिशत मुस्लिम र हरेक पालिकाबाट कम्तिमा १ जना अनिवार्य हुने व्यवस्था गरिएको छ । संघीयताको प्रमुख हिस्सेदार माओवादी केन्द्रले अब स्थानीय पालिकालाई बलियो बनाउन प्रदेशस्तरबाट नीति निर्माण गर्ने भएको छ भने यसअघि जिल्ला कमिटीमा रहेका नेताहरुलाई पालिकाको नेतृत्व गर्ने गरी केन्द्रित गरेको छ ।

पार्टीको आन्तरिक जीवनमा जिल्ला कमिटीलाई भङ्ग गरी पार्टीको सांगठनिक संरचनामा क्रमभङ्ग गरेको माओवादीले संघीयतालाई बलियो बनाउने गरी पार्टीको आन्तरिक जीवनलाई सुदृढ र व्यवस्थित बनाउन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *