संक्राम व्यारेकलाई घाईते अपाङ्ग स्याहार केन्द्र बनाइने

संक्राम,साउन १२, लुम्बिनी प्रदेशका अर्थमन्त्री धन बहादुर मास्केले तुल्सीपुर– १९ संक्रामस्थित पूर्व जनमुतिm सेना बसेको ब्यारेकलाई घाईते अपाङ्ग स्याहार केन्द्र बनाइने र सो कार्यका लागि प्रदेशले बजेटको व्यवस्था गरेको बताउनु भएको छ ।

आज तत्कालीन जनमुक्ति सेना नेपालको संक्राम ब्यारेकको अनुगमन गर्न पुग्नु भएका अर्थमन्त्री मास्नेले स्थानीयवासीसँगको भेटघाट कार्यक्रममा बोल्दै ‘जनमुतिm सेना बसेका व्यारेकलाई क्रान्ति संग्रालयको रुपमा संरक्षित गदैं क्रान्तिमा घाइते, अपाङ्ग भएका योद्धाहरुलाई एकीकृत गरी राख्ने स्याहार केन्द्रको रुपमा यसलाई विकसित गरिन लागेको बताउनु भएको छ । संक्राम व्यारेकलाई स्थानीयवासीहरुले समिति बनाएर संरक्षण गदैं आइरहेकाछन ।