नेपाली चलचित्रको ‘दशैं–तिहार रिलिज

नेपाली चलचित्र प्रदर्शनका लागि पहिलो रोजाइ मानिन्छ दशैं–तिहार । बिदा लामो हुने र दर्शक पनि ‘फेस्टिभ मुड’ मा हुने भएकाले दशैं–तिहारको समयमा प्रदर्शनमा आउने चलचित्रले राम्रो कमाइ गर्न सक्ने विश्वास चलचित्र कर्मीमा पाइन्छ ।
सोही कारण यी चाडवार्डको अवसर पारेर आफ्नो चलचित्र प्रदर्शन गर्नका लागि निर्माता÷निर्देशकबीच चर्को प्रतिस्पर्धा हुने गरेको छ । दशैं र तिहारका लागि निर्माता–निर्देशकले महिनौं अगाडिदेखि प्रदर्शन मिति घोषणा गरेर प्रचारप्रसारमा जुट्ने गरेका हुन्छन् । यद्यपि, यो अवसरमा प्रायः ‘साना’ भनिएका चलचित्रले प्रदर्शनमा आउने सौभाग्य बिरलै पाउने गरेका छन् । ‘ठूला’ भनिएका चलचित्रको चेपुवामा पर्ने भएकाले साना भनिएकाचलचित्रले यस समयमा प्रदर्शन मिति तोक्ने आँट गर्न नसकेका हुन् । यस वर्ष पनि दुई ‘ठूला चलचित्र’ले दशैंको अवसर पारेर प्रदर्शनमा आउने घोषणा महिनौं अगाडि देखि
गरेका थिए ।
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ ले कात्तिक ३ गतेका लागि प्रदर्शन मिति घोषणा गरेर प्रचारप्रसार अगाडि बढाएको थियो । दीपेन्द्र के खनाल निर्देशित ‘पशुपतिप्रसाद २ः भष्मे डन’ ले निर्माण आरम्भमै कात्तिक ४ गतेलाई प्रदर्शन मिति घोषणा गरेको थियो । यद्यपि, यी चलचित्रहरू बीच अन्ततः एक साताको अन्तरमा मात्रै प्रदर्शनमा आउने सहमति जुट्यो । दुई चलचित्रका निर्माताले एक आपसमा नजुधाउने निर्णय गर्दै अलग–अलग मितिमा प्रदर्शनमा ल्याउने सहमति गरेका हुन् । अब,‘परदेशी २’ घटस्थापनाको दुई दिन अगाडि (असोज २६) बाटै प्रदर्शनमा आउने छ । ‘पशुपति प्रसाद २ःभष्मे डन’ पूर्व निर्धारित मिति कात्तिक ४ गते
(फूलपातीको दिन) बाट प्रदर्शनमा आउने छ । चलचित्र निर्मातासंघका अध्यक्ष नवल खड्का सम्बन्धित पक्षको छलफलबाट यस वर्ष दशैंमा चलचित्र नजुधाउने सहमति जुट्न सफल भएकोबताउँछन्