घोराही–मुर्कुुटी सडक सधैको बेहाल

गिरिराज नेपाली
साउन ७ घोराही, २०७८ चैत मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी लुम्बिनी जलजला जेभीले ३३ करोडको लागतमा २०७२ सालदेखि निर्माण सुुरु गरेको थियो । ३३ करोडको लागतमा निर्माण सम्पन्न भएको घोराही मुर्कुटी सडक खण्डको सिस्नेखोला – तापाचोक सम्मको १९ किलोमिटर सडकको अवस्था अहिले बेहाल छ । जसका कारण राज्यको करोडौ लगानी हिलो र धुलोमा उडिरहेको छ । सर्वसाधारणहरु पुुस्तानी सडकको पीडा झेल्दै आइरहेका छन् ।
करोडौ लगानी गरेर राज्यले वर्षाैपछि सडक कालोपत्रे गरेपनि सिमेन्ट उद्योगका ओभरलोड टिप्पर हँुइकिदा सडकको अवस्था मात्रै होईन स्थानीयहरुको अवस्था पनि बेहाल बनेको छ।
घोराही उपमहानगरपालिका वडा नं. १ थमबहादुर सुनारले वर्षाैको कालोपत्रे सडकको सपना मालबहाक टिप्परहरुले महिनाभरमै उडाइदिए । अहिले सडकको बाह्रै मासको दुःख बनेको छ। ‘बर्खा लागे हिलैहिलो, हिउँद लागे धुुलैधुलो,बाटै भरी खाल्टै खाल्टा,सधैको दुःख यही बाटोको छ । हुुँइकेर हिड्छन्, घरभन्दा ठूला टिप्पर धुलो छ्याप्दै हिलो उडाउँदै । हामी ठूला मान्छालाई तँ धौ छ, केटाकेटी स्कूल जान आउँन समेत मुुस्किल छ। घोराही उपमहानगरपालिका वडा नं. १ काउले निवासी थमबहादुर सुनारले भन्नुुभयो– ‘बिरामी परे एम्बुलेन्स आउन जान मान्दैनन् । केटाकेटी स्कूूल जादाँ आउँदा हिलोधुुलोले हैरान हुन्छन् ।’
सडकको हिलोधुुलोले सर्वसाधारण यात्रामा मात्रै होईन,भान्सादेखि सुत्ने विस्तारासम्म बालीबोटदेखि पशुु चौपायसम्मले क्षति गरेको सुनार बताउनुु हुन्छ । घाम लागे धुलो उड्ने र पानी परे हिलो उठ्ने भएकाले स्थानीयहरु कहिले टिप्पर बन्द होलान्, कहिले सडक कालोपत्रे बन्ला भन्ने आशामा बसेको उहाँले सुनाउनुु भयो । उहाँले भन्नुुभयो–‘सडकले न मान्छेलाई राम्रो गरेका न बालीबोट, न बस्तुुभाउ,बोटवाली स्याहार्न सकिदैन् बस्तुुभाउ पाल्न सकिदैन । जम्मै हिलो धुुलोले मार्याे ।’
‘स्कूल जादाँ धुलो हिलो बोकेर जान्छम’
घोराही सिस्ने खोला–कमिरेचौर तापाचोक सडक खण्डमा भित्र अम्विका मावि हर्नक, आधारभुत विद्यालय सवारीकोट र पालु प्रावि पालुुथान गरी तीन वटा सामुुदायिक विद्यालयहरुको रहेका छन् । तीनवटा विद्यालयमा करिव सातसय विद्यार्थी बालबालिकाहरुले अध्ययन गर्छन । ती विद्यार्थी बाल बालिकाहरुका लागि उक्त सडक दिनहुु दशा बनिरहेको छ।अम्बिका मावि हर्नकमा कक्षामा ८ अध्ययनरत विकास गुुरुङ भन्नुुहुुन्छ– ‘धुलो हिलो छदैछ,धुलो हिलो बोकेर स्कूल र घर गर्नुुपर्छ । एउटा एउटा विद्यार्थी सडकमा दिनहुुँ लडेको हुन्छ । धेरै पटक म आफै पनिबाटोमा लडेको छुु । सडकको सकस विद्यार्थी बालबालिकाहरुले खेप्नुु परिरहेका छ ।
अझै ठेकेदारको जिम्मामा सडक ः
करोडांै लगानी गरी उक्त सडक निर्माण गरिएपनि अहिले सडकको कालोपत्रे कतै कतै थोरै अंश मात्रै बचेको छ। बाँकी उही हालमा छ । निर्माण कम्पनीले सडक निर्माणको काम सकियो भन्छन । तर सडक डिभिजनले भने अझै सडकको काम सकिएको छैन भन्छ । सिमेन्ट उद्योगका टिप्परले सडक छियाछिया पारेका छन् । निर्माण कम्पनीले निर्माण सकिए पनि सडक हस्तान्तरण गरेको छैन । डिभिजनले हस्तान्तरण लिन मानेको छैन । सडक पूर्ण रुपमा ध्वस्त छ । सडक डिभिजन भन्छ –‘उक्त सडक अझै ठेकेदार कम्पनीको जिम्मामा छ । ठेकेदार कम्पनीले सम्झौता अनुरुप काम नगर्दा सडक अवस्था बेहाल र राज्यको लगानी बेकार बनेको सडक डिभिजन दाङका डिभिजन प्रमुख दिपेन्द्र बहादुुर बिष्टको भनाई छ । उहाँले भन्नुुभयो–‘ठेकेदार कम्पनीले सम्झौता अनुुरुपका काम गर्न नसक्दा राज्यको लगानी खेर गएको हो । मर्मतको काम कम्पनीले गरेन,सम्झौतमा एकवर्षसम्म मर्मत सम्भारको काम ठेकेदार कम्पनीको जिम्मा हो । ’जिम्मेवारबाट ठेकेदार कम्पनी पटि हट्दै गइरहेकालेनिर्माणको काम सम्पन्न गर्न कानूनी उपचारको खोजीमा सडक विभाग लागेको उहाँले उहाँले बताउनुु भयो । उक्त सडक मध्यस्तको निर्णय बदर गरी पाँउ भनि पुुनरावेदन गरेको जानकारी दिनुुभयो । २०८२ असार १ गते निवेदन पेश गरिएको छ। सडक विभागले ओभरलोड टिप्परका कारण भत्किएका टिप्परको सडकको मर्मतसम्भार, कार्य सम्पन्ताको प्रमाण पेश गर्ने प्रमाणको आधारका धरौटी रकम फिर्ता दिने लगायतका निर्णय अघि सारेको छ ।
‘डिजाईन गलत’
घोराही मुुर्कुटी सडक खण्ड अन्र्तगत सिस्ने खोला तापचोक सडक खण्डको कालोपत्रे ‘डिबिएसटी’ प्रविधिको कालोपत्रेको सडकको हो। जसको भार वहान क्षमताको अधितम १०टन बराबर हुन्छ । तर अस्पाल प्रविधिको कालोेपत्रे हुनुुपर्ने उक्त सडकमा सडक डिभिजनले गलत डिजाईनका कारण यस्तो भएको ठेकेदारकम्पनीको दाबी छ। लुम्विनी बिल्डर्स प्रालीका प्रमुुख विष्णुु शर्माले कार्यालयको गलत डिजाईनको दोष ठेकेदार कम्पनीले ब्यहोर्नुु परेको शर्माको भनाई छ। उद्योगका टिप्परले सडक तत्काल भत्काएकाले आफूले निर्माण कम्पनीले कानूनी उपचारको बाटो खोजेको उहाँको भनाई छ ।