गिरिराज नेपाली,
छिल्लीकोट तुुलसीपुर उपमहानगरपालिका–१९ अवस्थित धार्मिक एवं पर्यटकीय क्षेत्र हो। घोराही र तुुलसीपुर सडकखण्डको दुुधरास,हेमन्तपुर र बिजौरीदेखि उत्तरमा देखिने पहाडी भू–भाग छिल्लीकोट हो।बाह्रैमास हरियाली पाखा पखेरा,उत्तरमा देखिने सिस्ने,धौलागिरी र अन्नपूर्णको मनमोहक हिमशृंखला र दाङको चारैतिर देखिने समथर फाँटले जो कोहीलाई पनि लोभ्याउछ। प्राकृतिक सुन्दरता मात्रै होइन,छिल्लीकोटको धार्मिक एवं ऐतिहासिक महत्व र विशेषता पनि उत्तिकै रहेको छ।अझ स्थानीय जडीबुटी र सुुगन्ध कोकिला (मालागेडी)को मगमगाउदो बास्नाले छिल्लीकोट नै मगमगाई रहेको हुन्छ।सुुगन्ध कोकिलाको मग्मगाउँदो बास्नाले छिल्लीकोटमा प्राकृतिक अत्तर छर्किरहेको हुन्छ ।
छिल्लीकोट,धार्मिक,ऐतिहासिक र प्राकृतिक रुपमा फरक विशेषता र महत्व बोकेको पहाडी क्षेत्र रहेतापनि छिल्लीकोटको महत्व र गरिमा अझै बढ्न सकेको छैन। जसलाई धार्मिक र इतिहासका दृष्टिकोणबाट पौराणिक मान्यता र चालचलन र इतिहासको अध्ययन अनुुसन्धानबाट छिल्लीकोटको महत्व फरक,फरकनै पाइन्छ।धार्मिक,ऐतिहासिक र पर्यापर्यटकीय क्षेत्रका रुपमा छिल्लीकोट फस्टाउन सक्ने सम्भावना प्रचुुर रहेतापनि विकासको अभावमा छिल्लीकोट नाममै सिमित छ। दाङको पर्यटकीय क्षेत्रको सूचीमा पर्ने पर्यटकीय स्थल मध्ये छिल्लीकोट पनि प्रमुख एक गन्तव्य स्थल हो।तर भौतिक विकासको अभावमा मात्रै होइन उक्त क्षेत्र व्यवस्थित गर्न राज्यको ध्यान पुुग्न नसक्दा छिल्लीकोट पर्यटक को रोजाइमा अझै पर्न सकेको छैन ।
दाङको पहाडी क्षेत्र पर्ने छिल्लीकोट बहुुजाती,बहुु सांस्कृतिक मौलिक एक गाउँ हो।जहाँ क्षेत्री,मगर र दलित समुदायको बसोबास रहेको छ। जहाँ एक सय ५० घरधुरीको बसोबास रहेको छ। जहाँको मुख्य आम्दानीको स्रोत सुुगन्ध कोकिला, टिमुर,बेसार र अदुवा हो । जहाँ बिजौरी– बाँसगढी,कुटीचौर हँुदै जाने गोरेटो र दुधरास–संक्राम हुँदै जाने मोटर बाटोबाट सजिलै पुुग्न सकिन्छ। छिल्लीकोट ऐतिहासिक र धार्मिक महत्व बोकेको क्षेत्र हो।पौंंराणिक कालमा सत्यदेवीको रुपमा अङ्गपतन भई कालिका मन्दिर उत्पत्ति भएको धार्मिक विश्वास पाइन्छ भन्ने जहाँ वडा दशैं अष्टमी र चैते दशैका दिनमा शक्ति पीठका रुपमा पुजाआजा गर्ने धार्मिक चलन रहेको छ।
इतिहासले छिल्लीकोटलाई एक राज्यका रुपमा स्थापित गरेको भएतापनि वर्तमानले छिल्लीकोटलाई दुुर्भाग्य गाउँको रुपमा परिभाषित गरेको छ। इतिहास विद्हरुको भनाईमा चल्लकोटदेखि छल्लकोट हुँुदै छिल्लीकोट बन्न पुुगेको देखिन्छ। छिल्लीकोटको इतिहासमा प्राचिनकालमा राजा मेघनाथ शाहसम्मले राज्य संचालन गरेको इतिहास भेटिन्छ। शाह वंशिय राजाले राज्य संचालन गरेको ठाउँ भएकाले शुरुमा छिल्लीकोटको नाम चल्लकोट बन्न पुुगेको हो भन्ने भनाइ छ।चल्ल ठकुुरीको एक थर हो भन्ने कोटको अर्थ हो,सीमा सुरक्षा क्षेत्र । छिल्लीकोट राज्य कुनै समय समृद्ध राज्यका रुपमा स्थापित थियो ।
पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरेपछि छिल्लीराज्यले पनि कायम गरिएको इतिहास भेटिन्छ।इतिहास विज्ञ डा.सुदिप गौतमका अनुुसार वि.स.१२६३ सालसम्म छिल्लीकोट सिंजा राज्यको अधिनमा रहेको इतिहास भेटिन्छ।वि.स. १२६३तिर मुस्लिमहरुले भारतमा आक्रमण गरे,त्यत्तिबेला सिंजा राज्यले छिल्लीकोटलाई कोट अर्थात गढिका रुपमा स्थापना गरेको प्रमाणित इतिहास भेटिन्छ। कोटहरु बिस्तार राज्यमा परिणत हुँदै जादाँ बझाङका राजकुमार श्री बम दाङ आएका थिए।यसैको आधारमा इतिहास विद डा.गौतमले श्री बम नै छिल्लिकोटमा राज्य संचालन गरेको दावी गर्नुुहुन्छ।सिंजा राज्य विघटन पछि श्री बम छिल्लीकोटमा राजा हुन आएको इतिहास बझाङको बंशावलीमा उल्लेख छ।श्री बमसँगै केही ब्राह्मण अधिकारीहरु छिल्लीकोट आएका थिए।उनैं अधिकारी ब्राह्मणहरुले छिल्लीराज्य संचालनमा महत्वपूर्ण सहयोग गरेकाले उनीहरुलाई उदयपुर
(दाङ–प्यूूठान) बिर्ता पाएको इतिहास छ। डा.गौतमका अनुुसार छिल्लीकोट राज्यको अस्तित्व बि.स.१८६०सम्म भेटिन्छ। वि.स.१८६१ मा छिल्लीकोट राज्य सल्यान राज्यमा गाभिएको थियो। वि.स.१८६३ मा सल्यान राज्य नेपाल एकिकरणका क्रममा गाभिए पछि एकिकरणसँगै छिल्लीकोट राज्यको अस्तित्व पनि समाप्त भएको पाइन्छ। छिल्लीकोटलाई इतिहासले राज्य, राजा र शक्ति गढका रुपमा परिचित बनाए पनि वर्तमानले छिल्लीकोटलाई बिर्सिएको छ।राजा रजौंटाहरुले छिल्लीकोटलाई राज्य मात्रै होइन शक्तिपिठका रुपमा समेत स्थापित गरेपनि अहिले संरक्षण,प्रचार प्रसार अभावका कारण छिल्लीकोट वर्तमानमा गुुमनाम जस्तै बनिरहेको छ।इतिहास विज्ञ डा.गौतमले भन्नुुभयो–‘छिल्लीकोट आफै दाङको गौरवमय इतिहास हो।जसको प्रचार प्रसार र पूर्वाधार विकास अभावका कारण छिल्लीकोटको अस्तित्व इतिहाससँगै मेटिएको छ।
इतिहासले छिल्लीकोटलाई चिने पनि वर्तमानले बिर्सिएकाले छिल्लीकोट हराउने अवस्थामा पुुगेको छ।’ कुनै समयमा राज्य अर्थात समृद्ध राजदरवार रुपमा चिनिने छिल्लीकोट अहिले समग्र विकासका हिसाबले अति नै गरिव छ।जहाँ पढ्नलाई विद्यालय हिड्नलाई पक्की मोटर बाटो छैन। खानलाई पानी छैन, उपचारका लागि राम्रो स्वास्थ्य उपचारको व्यवस्था छैन,स्थानीय उत्पादनको बिक्रीका लागि राम्रो बजार छैन।जे छ छिल्लीकोट हालसम्म पुरानै लयमै चल्दै आइरहेको छ। छिल्लीकोट इतिहासको अस्तित्वयसँगै हराउँदै गइरहेको स्थानीयहरु बताउँछन् । स्थानीय प्रकाश पुनले भन्नुहुन्छ– ‘ छिल्लीकोट दाङ,सल्यान र जुम्ला इतिहासको अध्ययन गर्ने थलोको विकास हुुनुुपथ्र्यो, यो समयमा इतिहास अध्ययन अनुुसन्धान गर्ने थलोका रुपमा विकास हुन सक्ने ठाउँ बन्न सक्थ्यो।तर विकास, संरक्षण र प्रचारप्रसारको अभावमा आफैंमा हराएको छ।’जसका कारण विकास समृद्धिले पनि पाएको छैन। इतिहासमा राज्यको पहँुचभित्र रहेको छिल्लीकोट अहिले राज्यको पहुँच बाहिर जस्तै बनेको छ।राज्यको पहँुच र प्राथमिकतामा पर्न सके छिल्लीकोट मात्रै होइन पर्यटकीय क्षेत्रमा दाङकै मुहार फेर्न सक्ने सम्भावना बलियो देखिन्छ।
छिल्लीकोटको इतिहास र धार्मिक चिनारीका लागि केही प्रयास स्थानीयहरुले शुरु गरेकाछन्।स्थानीयवासी गोकर्ण पौडेल र सागर रेग्मी अहिले छिल्लीकोटको धार्मिक पर्यटकीय क्षेत्रको विकासमा लागि परेकाछन्।जहाँ १ हजार ८ बरपिपल रोप्ने र विश्वकै ठूलो कलश स्थापना गर्ने अभियानमा जुटेको उनीहरु बताउँछन भने गाउँले पर्यटन प्रर्वद्धनमा आफैले घरमा सामूदायिक होमस्टे सेवा स्थापना गरेका छन्।दाताको लगानीको अभावमा उक्त कुरा पनि पुरा हुन सकेको छैन। छिल्लीकोटलाई नयाँ गन्तव्यका रुपमा विकास गर्न दाङका क्रियाशिल पत्रकार जनक नेपाली,
खेमराज रिजाल,गिरिराज नेपाली,राकेश बस्नेत,साहित्यकार कपिल लामिछाने लगायतका सामाजिक अभियान्ताहरुले छिल्लीकोट चिनाउन ‘छिल्लीकोट पदयात्रा’ समेत गरेकाछन्।जसमा जिल्लाका विभिन्न व्यक्तिहरुको सामूहिकता जोडिएको छ। जसबाट छिल्लीकोटको ऐतिहासिक र धार्मिक क्षेत्रको प्रचारका लागि केही बल पुुग्ने सम्भावना बढेको देखिन्छ।


