जिल्लाको निर्देशन विपरित त्रिवेणी गाउँपालिकामा भव्य कार्यक्रम

कोभिड १९ को तेस्रो लहर देखिन थाले संगै संघिय सरकारले नागरिकको जीवन रक्षाका लागि भन्दै स्वास्थ्यका मापद्धन्द अपनाउन आग्रह गरि रहेको छ । सरकारले कुनै पनि भिडभाड जन्य कार्य नगर्न निर्शेन समेत जारी गरेको छ । २५ जना भन्दा बढी जम्मा नहुने, भोज भटेर, मेला पर्व कुनै पनि कर्य नगर्न भन्दै DCMC रोल्पाले पनि बुधबार मात्र सुचना जारी गरेर निर्देशन जारी गरेको छ ।

तर सरकारको निर्देशन सरकारले नै अटेरी गरिरहेको देखिएको छ । संघिय सरकारले कुनै पनि भेला सम्मेलन नगर्न भनिएको भए पनि रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिकाले भने आज तामझामका साथ भब्य कार्यक्रम सम्पन्न गरेको छ । कोरोना महामारी फैलिरहेका बेला त्रिवेणी गाउँपालिकाले बालश्रम मुक्त गाउँपालिका घोषणा कार्यक्रम भन्दै सयौको संख्यामा जनसहभागिता गराई कार्यक्रम गरेको हो ।

जिल्लामै पहिलो बाल श्रम मुक्त पालिका घोषणा भएको भएपनि प्रतिकुल समयमा भएकोले यसबाट झनै महामारी फैलिन सक्ने सरोकारवाला निकाय बताउने गरेको छ । नमुना योग्य कार्य गरिएको भएपनि परिष्थिति सहज बने पछि सम्पन्न गरिएको भए उपयुक्त हुने बताएका छन् ।

जिल्ला समन्वय प्रमुख नै प्रमुख अतिथि भएर सम्पन्न गरिएको कार्यक्रमले संघ प्रेदेश र जिल्लाको निर्णयलाई धज्जिउदाइ दिएको छ । नियमक नै नियम विपरित देखिएको छ । आम सर्वसाधारणलाई कडाइ पुर्वक नियम पालना गर्न निर्देशन दिने स्थानिय सरकारले नै नियम विपरित कार्य गरेको भन्दै स्थानिय बासिन्दा पनि असन्तुष्ट बनेका छन् ।

नियामक निकाय नै नियमको पालना गर्दैन हामिले कसरी गर्ने र स्थानिय भन्छन् । उनिहरु भन्छन् जिल्लाले कुनै पनि भेला सम्मेलन नगर्ने भनिएको छ । कुनै पनि खेलकुद जन्य कार्यक्रम पनि नगर्ने भनेको छ तर सरकार आफै गरिरहेको छ हामि नै अलमलमा छौ । अब चाडवाड आएको छ ईष्टमित्र आफन्तजन भेला हुने रमाइलो गर्ने समय हो तर पनि हामि महामारि छ भनेर बसेका छौ तर सरकार आफै यस्तो गर्छ अब जवाफ देहि को हुने उनिहरुको प्रश्न छ ।

हुरेक नेपाल र सेभ द चिल्ड्रेनको सहयोमा कार्यक्रम सम्पन्न भएको हो । बालबालिका सम्बन्धी काम गर्दै आइरहेको मानव अधिकार सचेन केन्द्र हुरेक नेपा र सेभ द चिल्ड्रेनले लामो समय देखि उक्त गाउँपालिकामा काम गर्दै आइरहेको छ । पालिकालाई नै बाल श्रम मुक्त घोषणा गर्ने पुर्व निर्धारित तालिका अनुसार कार्यक्रम सम्पन्न गरिएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा जिल्लाका सरोकारवाला निकाय पत्रकार, बुद्धिजिवीहरुको समेत सहभागिता रहेको थियो ।

यता नेपाली कांग्रेसले पनि आफ्नाे नेता प्रदेश सभापतिमा बिजय भएको भन्दै स्वागतका लागि भब्य कार्यक्रम गरेको छ । प्रदेश सभापति अम्मरसिंह पुनलाई स्वागत गर्ने भन्दै करिब १०० जनाको सहभागितामा कार्कक्रम सम्पन्न गरेकाे हाे ।

यस्ताे छ कांग्रेसको कार्यक्रम