३ जनाले चोरे ६ वटा मोटरसाइकल

घोराही, दाङ प्रहरीले ६ वटा चोरीका मोटरसाइकल सहित तीन जनालाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानबाट ६ वटा चोरीका मोटरसाइकल सहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक तथा प्रपक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

उक्त मोटरसाईकल सहित तुलसीपुर उपमहानगरपालिका– १८ दुधरास निवासी १८ बर्षीय बादल नेपाली, तुलसीपुर १९ छिल्लीकोट घर भइ हाल घोराही ११ बस्ने २१ बर्षीय मदन पुन र रुन्टीगढी गाउँपालिका ९ सखी घर भइ हाल घोराही १४ बस्ने ३० बर्षीय भानुभक्त बाठालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट लु ३७ प ८३४३, रा ६ प ४१५४, रा २ प ९३४४, लु ६० प ३४९१, रा ६ प ४३०१ र रा ६ प ३३८८ नम्बरको मोटरसाईकल बरामद गरेको डिएसपी रिजालले जानकारी दिए । मोटरसाईकल चोरीका घटनाहरु बढेपछि जिल्ला प्रहरी कार्यालय दाङले छुट्टै प्रहरी बिशेष अप्रेसन टोली गठन गरि अनुसन्धान गरेको थियो । उनीहरुले जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने गरेको पाइएको प्रहरीले बताएको छ । साथै उनीहरुलाई मुलुकी फौजदारी कार्यविधि९संहिता०२०७४ अनुसार ३ बर्ष कैद र ३० हजार रुपैँयासम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान छ ।