७ वर्षपछि स्टेजमा फर्किए धुर्मुस–सुन्तली

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ सातवर्षपछि मञ्चमा फर्किएकाछन । महोत्सवमा प्रस्तुति दिएर
कलाकारितामा फर्किएका उनीहरू मेला–महोत्सवमा व्यस्त हुन थालेकाछन ।
उनीहरूको जोडीलाई यतिखेर देशभरिका विभिन्न मेला–महोत्सवमा खोज्न थालिएको छ ।
सात वर्षपछि आफ्नो मौलिक प्रहसन लिएर फर्किएको धुर्मुस–सुन्तलीको जोडीको माग धेरैतिरबाट आउन थालेको छ । विभिन्न ठाउँका मेला,महोत्सवमा आफना प्रस्तुती दिइरहेका धुर्मुस–सुन्तलीले माघ ६ गते दाङको भालुवाङमा ‘राप्ती लुम्बिनी प्रादेशिक कृषि तथा पर्यटन महोत्सव’ प्रस्तुति दिने भएका ।
महोत्सवमा उनीहरूले ‘मेरी बास्सै’ कै चर्चित पात्र जोडी (धुर्मुस सुन्तली) पोशाकमै प्रस्तुति दिने गरेका छन् । दुबैको केमेष्ट्रीलाई दर्शकले पनि मन पराएको महोत्सवको भिडभाडबाट थाहा पाउन सकिन्छ । २०७२ सालपछि यो जोडी बस्ती निर्माणदेखि रंगशाला निर्माण लगायतका सामाजिक सेवामा लाग्दा कलाकारिताबाट टाढा भएका थिए । धुर्मुस, सुन्तली र माग्ने बुढा (केदार घिमिरे)ले ०६३ सालदेखि मेला महोत्सवमा प्रस्तुति दिन थालेका थिए । वैवाहिक जीवनमा प्रवेश गर्नुअघि धुर्मुस सुन्तलीको मात्रै जोडीले पनि धेरै महोत्सवमा दर्शक हँसाएका थिए