
एकताको सहमति, निर्वाचन र आगामी गन्तव्य
प्रकाशित मितिः बुधबार, कार्तिक २९, २०७४
|
डा. अमर गिरी
नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास झण्डै सत्तरी वर्ष लामो छ । २००६ सालमा यसको स्थापना भएको थियो । विभाजन र एकता यसको अभिन्न अङ्ग जस्तै बन्दै आएको छ । फलस्वरूप मुलुकमा विभिन्न कम्युनिष्ट पार्टीहरू क्रियाशील छन् । यही यथार्थका बीचबाट प्रदेश र प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा एमाले र माओवादी केन्द्रका बीचमा सहकार्य र पार्टी एकताका निम्ति सहमति भएको छ । पार्टी एकता प्रक्रि