साहित्य सिर्जना

सपना र वर्तमान

    प्रकाशित मितिः मङ्लबार, कार्तिक ५, २०७६       |
स्नेह सायमि जब वर्तमान ठीकै थियो खुशी नै थियौँ हामीहरु भेट भएथ्यो धेरैअघि वर्तमान विग्रेका स्वप्नद्रष्टासँग भन्यो सपना देख्न जान्नुपर्छ ‘सपना पुरा गर्न वर्तमान बिगार्ने हिम्मत गर्नुपर्छ र सिकायो हामीलाई आ–आफ्नो वर्तमान बिगारेर ठूला सपना देख्न हामीले सपनामा सपना मिसाइरह्यौं सपनाकै लागि आफूलाई क्षतविक्षत बनाइरह्यौं उसले नयाँ सपना देखाइरह्यो र त्यही सपना देखिरह्यौं निरन्तर सपनाका लागि
युद्ध पत्रकारिताभित्रको जीवनमा पुग्दा

युद्ध पत्रकारिताभित्रको जीवनमा पुग्दा

    प्रकाशित मितिः शुक्रबार, जेष्ठ १७, २०७६       |
अजयदीप शर्मा इतिहासका पाना पल्टाउँदा कुनै समय थियो । मत्युपनि सामान्य घटना लाग्थ्याें । आज नपत्याउँदा जस्ताबन्न गएकाछन यर्थाथताका ती कथा खेलहरु । म जनयुद्धमा पूर्ण सर्मपित युद्ध पत्रकार हुँ । म पत्रकारितामा हातहाल्दा १८ बर्षको थिए । समाजमा भएको विभेद् र असमानताका विरुद्ध जाग्नुपर्छ भन्ने चेत निर्माण गरिसकेको थिए । क्याम्पस पढ्दाको विद्यार्थी । विद्यार्थी संगठनमा जोडिदै म जनयुद्धको यात्रातिर मोड
आत्मनिर्भर मुनाहरूको परनिर्भर कथा

आत्मनिर्भर मुनाहरूको परनिर्भर कथा

    प्रकाशित मितिः शुक्रबार, चैत्र २२, २०७५       |
काठमाडौं, आर्थिक रूपमा सबल हुँदा महिला आत्मनिर्भर बन्छन्। उनीहरूले पनि आफ्नो र परिवारको आवश्यकता छोराले जस्तै पूरा गर्न सक्छन्। तर छोरा नै बन्न भने सक्दैनन्। चलचित्र साइँलीमा यही विषयको उठान गरिएको छ। जहाँ साइँली पैसा कमाउन बिदेसिन्छे। पाँच वर्षसम्म कमाएको पैसाले ऊ आर्थिक रूपमा सक्षम त हुन्छे तर पितृसतात्मक समाजको सिकार हुन छाड्दिन। रोजगारीका लागि बिदेसिनुपर्ने बाध्यता देशमा कत्ति पनि कम भए
सम्बोधन फूलको

सम्बोधन फूलको

    प्रकाशित मितिः बुधबार, कार्तिक १४, २०७५       |
महोदय, तिमीले सुँघ्दैमा मेरो बास्ना रित्तिन्न तिमीले छुँदैमा मेरो सौन्दर्य मर्दैन तिमीले चोर्दैमा मेरो मुस्कान चोरिन्न मन्दिरमा जो,जो जान्छन मलाई होइन, मेरो लाश लिएर जान्छन र भगवान सम्झेर चढाउँछन जब ढुंगालाई म उम्रेको माटो मेरो हुन्न म फुलेको बोट मेरो हुन्न मैले सजाएको देश मेरो हुन्न महोदय, सुनगाभा फुल्ने ठाउँमा लालीगुराँस नफुल्ने हल्लाले सयपत्री फुल्ने ठाउँमा गोदावरी नफुल्
राप्तीको रुवाई

राप्तीको रुवाई

    प्रकाशित मितिः बुधबार, कार्तिक १४, २०७५       |
नियात्रा ः भेषराज रिजाल यस्तै तालले पुगिन्छ त गन्तब्यमा ।गुँडतिर फर्किरहेका चराहरू गोधुलीको धमिलो क्षितिजमा हराउँदै थिए,तब मेरो मनको चरो बोलेथ्यो निसास्सिँदै । उज्यालोमै प्युठान खंलङ्गा छोडेर बाग्दुला झरे पनि साँझको अत्यास लाग्दो सन्नाटाले छोइसकेथ्यो हामीलाई । नाइटबस चढेर सुन्दर बिहानीमा गन्तब्य टेक्ने हाम्रो अभिलाषा पनि खुम्चिँदै र खिइँदै गइरहेथ्यो पलपल । सम्बत २०७२ साल माघीको दिन घोराहीस्थित ब

जुग्री जुलुस

    प्रकाशित मितिः बिहिबार, भदौ ७, २०७५       |
कथा नवीन विभास दाङ । २०७२ भदौ । ‘छोट्का तँ !’ ‘अँ ।’ ‘काँ जान लागिस् ?’ ‘भुरान ।’ ‘भुरान !’ ‘अँ ।’ ‘बौलाइस् !?’ ‘अँ ।’ ‘के काल बेसाउन सत्तिस् ?’ ‘नाहींज्ञ ।’ ‘उसो भए के खोज्न ?’ ‘जुग्री ।’ ‘जुग्री !’ छोट्का ‘थारु’ नेपाली भाषामा बोले । जिम्दार ‘खस’ नेपाली भाषामा । भुरान हिँडेको जुलुसमा सामेल हुन दौडिरहेका छोट्का जिम्दारसित आँखा जुँधाएर ठिंग उभिएका थिए । बाटो काटेर हिँड्ने छोट्क