जुग्री जुलुस
प्रकाशित मितिः बिहिबार, भदौ ७, २०७५
|
कथा
नवीन विभास
दाङ । २०७२ भदौ ।
‘छोट्का तँ !’
‘अँ ।’
‘काँ जान लागिस् ?’
‘भुरान ।’
‘भुरान !’
‘अँ ।’
‘बौलाइस् !?’
‘अँ ।’
‘के काल बेसाउन सत्तिस् ?’
‘नाहींज्ञ ।’
‘उसो भए के खोज्न ?’
‘जुग्री ।’
‘जुग्री !’
छोट्का ‘थारु’ नेपाली भाषामा बोले । जिम्दार ‘खस’ नेपाली भाषामा ।
भुरान हिँडेको जुलुसमा सामेल हुन दौडिरहेका छोट्का जिम्दारसित आँखा जुँधाएर ठिंग उभिएका थिए । बाटो काटेर हिँड्ने छोट्क