सपना र वर्तमान
प्रकाशित मितिः मङ्लबार, कार्तिक ५, २०७६
|
स्नेह सायमि
जब वर्तमान ठीकै थियो
खुशी नै थियौँ हामीहरु
भेट भएथ्यो धेरैअघि
वर्तमान विग्रेका स्वप्नद्रष्टासँग
भन्यो
सपना देख्न जान्नुपर्छ
‘सपना पुरा गर्न वर्तमान बिगार्ने हिम्मत गर्नुपर्छ
र सिकायो हामीलाई
आ–आफ्नो वर्तमान बिगारेर ठूला सपना देख्न
हामीले सपनामा सपना मिसाइरह्यौं
सपनाकै लागि आफूलाई क्षतविक्षत बनाइरह्यौं
उसले नयाँ सपना देखाइरह्यो
र त्यही सपना देखिरह्यौं निरन्तर
सपनाका लागि