
आत्मनिर्भर मुनाहरूको परनिर्भर कथा
प्रकाशित मितिः शुक्रबार, चैत्र २२, २०७५
|
काठमाडौं, आर्थिक रूपमा सबल हुँदा महिला आत्मनिर्भर बन्छन्। उनीहरूले पनि आफ्नो र परिवारको आवश्यकता छोराले जस्तै पूरा गर्न सक्छन्। तर छोरा नै बन्न भने सक्दैनन्। चलचित्र साइँलीमा यही विषयको उठान गरिएको छ। जहाँ साइँली पैसा कमाउन बिदेसिन्छे। पाँच वर्षसम्म कमाएको पैसाले ऊ आर्थिक रूपमा सक्षम त हुन्छे तर पितृसतात्मक समाजको सिकार हुन छाड्दिन।
रोजगारीका लागि बिदेसिनुपर्ने बाध्यता देशमा कत्ति पनि कम भए