
मुलुक अस्थिरतातर्फ उन्मुख, समृद्धिको आकांक्षा अलपत्र
प्रकाशित मितिः सोमवार, पुस २७, २०७७
|
प्रतीक तामाङ
नागरिक समाज, लेखक, कलाकार, बुद्धिजीवीजस्ता समाजका सचेत वर्ग, मिडिया, कानुन व्यवसायीलगायत राजनीतिक दलहरूले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमप्रति चर्को विमति जनाउँदै विरोध जारी राखेका छन् । त्यसो त सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । तर सबैको एउटै निचोड छ,‘प्रधानमन्त्रीको कदम पूर्ण रूपमा असंवैधानिक र अलोकतान्त्रिक छ । स्वेच्छाचारी छ । यो सघीय गणतन्त्रको मर्म र