दाङ उवासंघ निर्वाचन, प्रतिवद्धता सहित मतदाता भेटघाटमा संयुक्त व्यवसायी प्यानल

घोराही,९ असोज, यही असोज १३ गते हुने दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनकालागी दुबै समूह प्रचारप्रसारमा लागेका छन् । बसन्त जोशी नेतृत्वको संयुक्त व्यवसायी प्यानलले चुनावी कार्यक्रम अन्तरगत व्यवसायी भेटघाट कार्यक्रमलाई तिव्र बनाएको छ । घोराही बजार क्षेत्रका व्यवसायी एवं वरिपरीका बजारमा रहेका सदस्यहरुलाई भेटघाट गरिरहेको संयुक्त व्यवसायी प्यानलले चुनावी प्रचारप्रचारकालागी मतदाता व्यवसायीहरुमाझ जाँदा प्रतिवद्धता सहित गएको छ । आफ्ना प्रतिवद्धता सहित यस प्यानल ‘सुरक्षित व्यापार वर्तमानमा सम्मान भविष्यमा परिणाम, संयुक्त व्यवसायी प्यानललाइ विवेकपूर्ण मतदान’ भन्ने मूल नाराकासाथ आफ्ना प्रतिवद्धताहरु लिएर व्यवसायीहरुसँग मत मागिरहेको छ । यस प्यानल मंगलवार घोराही १० नाराययणपुर, घोराही १४ अटो भिल्ला, घोराही १६ सर्रा, घोराही १४ र १५ को विभिन्न स्थानका व्यवसायीहरुसँग भेटघाट गरेको संयुक्त व्यवसायी प्यानलका निर्वाचन प्रचारप्रसार समितिका संयोजक विश्व पौडेलले जानकारी दिनुभयो ।
संयुक्त व्यवसायी प्यानलले आफ्नो प्रतिवद्धतापत्रमा करदाताव्यवसायीलाई त्रसित होईन पुरस्कृत गर्ने निति बनाउन पहल गर्ने, संघ, प्रदेश र स्थानीय सरकारले लिने व्यवसायी करको प्रणालीलाई एकद्वार बनाएर सरल र सहज प्रक्रियाबाट कर भुक्तानीको व्यवस्था मिलाउन पहल गर्ने, कृषी उत्पादनको बजारिकरण तथा कृषीजन्य उद्योगमा राज्यको अनुदान, कर छुट, विद्युत महशुल छुट र कृषीजन्य उत्पादनको सहज निर्यातको व्यवस्था मिलाउन पहल गर्ने, साना व्यवसायीले बिना धितो ऋण प्राप्त गर्न, कृषी तथा पर्यटनजस्ता आन्तरिक स्रोतमा आधारित उद्योगकालागी सहुलियतमा ब्याज, अनुदानकालागी पहल गर्ने उल्लेख गरेको छ । यस्तै संस्थाकोलागी दिगो आर्थिक स्रोतहरुको पहिचान गरि संघलाई आर्थिक रुपमा सबल बनाउने, नापतौल कार्यालय दाङमा स्थापना गर्नकालागी पहल गर्ने, व्यवसायिक सुरक्षाकालागी मुख्य स्थानहरुमा सिसी क्यामरा जडान गर्ने, रात्रिकालिन
व्यवसायलाई मध्यनजर गर्दै व्यवसायिक सुरक्षाकालागी आवश्यक प्रबन्ध मिलाउने, सचिवालयको आधुनिकीकरण र कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने, प्रतिकुल परिस्थितिमा परेका व्यवसायी एवं परिवारको सहयोगार्थ स्थापना गरिएको व्यवसायी हितकोषलाई थप व्यवस्थित गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
घोराहीमा स्थापना भएको औद्योगीक क्षेत्रलाई तत्काल सञ्चालनकालागी सशक्त पहल गर्ने, उर्जासम्बन्धी समस्या समाधानकालागी दबाब सिर्जना एवं वैकल्पीक स्रोतको खोजी गर्ने, आधुनिक कर प्रणालीसम्बन्धी प्रशिक्षण तथा कार्यशाला गोष्ठीहरु सञ्चालन गर्ने, स्थानीय विकास व्यवसायिक समुन्नति र उच्चतम् व्यवसायिक वातावरण प्रदान गर्ने, उदारिकण व्यवसायिक तथा पेशागत स्वतन्त्रता र समान व्यवसायिक अवसर सिर्जना गर्ने, कृषी उद्योगको स्थापना एवं कृषी उपजको बजारिकरणकालागी कार्यक्रम सञ्चालन गर्ने, होटल, केबलकार, जीपलाईन जस्ता पर्यटकीय पूर्वाधारको क्षेत्रमा लगानी गर्ने व्यवसायीहरुलाई प्रोत्साहन गर्ने निति बनाउन पहल गर्ने प्रतिवद्धतामा बताOएको छ । यसैगरि पर्यटकीय एवं व्यापारिक स्थलहरु तथा अन्तर जिल्ला जोड्ने विभिन्न सडकको निर्माण एवं स्तरउन्नतिकालागी दबाब सिर्जना गर्ने, उद्योगी व्यवसायीहरुलाई निर्वाध तथा सुरक्षित रुपमा व्यवसाय गर्न सक्ने वातावरणको विकास गर्नुकासाथै व्यवसाय सञ्चालन गर्दा आईपर्ने समस्यालाई समयमै समाधान गर्नकालागी पहल गर्ने, घरभाडा सम्बन्धी समस्या समाधान गर्न घरधनी र व्यवसायीहरुबीच समन्वय कायम गर्न पहल गर्ने, फुटपाथ तथा ठेला व्यवसायलाई व्यवस्थित रुपमा स्थापीत गर्ने, व्यवस्थित शहरिकरणकालागी विशेष पहल गर्ने, साविक राप्ती अञ्चलकै मुख्य कोईलाबास नाकालाई व्यवस्थित रुपमा सञ्चालनकालागी पहल गर्ने, बहुउद्देश्य सभागृहलाई थप व्यवस्थित रुपमा सञ्चालन गर्ने, साना,मझौला र ठुला व्यवसायीको हितकालागी विशेष कार्यक्रम बनाउन पहल गर्ने, घोराहीलाई व्यापारिक हब बनाउदै ट्रान्सपोर्ट ट्रान्जिट बनाउन पहल गर्ने, बैंकहरुको कर्जा प्रवाहलाई सहज तथा ब्याजदर कम गर्ने निति निर्माणकालागी पहल गर्ने, दाङको पर्यावरण संरक्षण र कृषी उद्योग विकाससँगै जिल्लालाई फलफुल र जडीबुटी उद्योग क्षेत्रको विकास गर्न योजना निर्माण गर्ने प्रतिवद्धताा उल्लेख गरिएको प्रजातान्त्रिक उद्यमी संघका अध्यक्ष कालिबहादुर खत्रीले जानकारी दिनुभयो ।  यस्तै साविका राप्ती अञ्चलका धार्मीक तथा

पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार एवं प्रवद्र्धनका विविध कार्यक्रम अघी बढाउने, औद्योगिकरण एवं शहरिकरणका बृद्धिले हाल रहेका सडकहरु साँघुरा, असुरक्षित र अपुग भएकाले वैकल्पिक मार्गहरुको निर्माणकालागी पहल गर्ने, घोराही(कुईरेपानी) – तुलसीपुर छ लेन सडक सम्झौता समयमै सम्पन्न गर्न र घोराही(कुईरेपानी)– लमही सडक स्तरउन्नतिकालागी दबाब सिर्जना गर्ने, दाङको विमानस्थललाई विस्तार गरि तत्काल ठुला जहाज नियमीत उडानको व्यवस्था गर्न र अन्तराष्ट्रिय विमानस्थलको निर्माणकालागी पहल गर्ने र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप व्यवस्थित गर्दै अनुभवी विषशज्ञ चिकित्सकबाट सर्वसुलभ र सरल सेवाको व्यवस्थापन र एमबिबिएस कक्षा यथाशीघ्र सञ्चालनकालागी पहल गर्ने उल्लो गरिएको प्रजातान्त्रिक उद्यमी संघका महासचिव श्रीधर धितालले जानकारी दिनुभयो ।
संयुक्त व्यवसायी प्यानलबाट अध्यक्षमा बसन्त जोशी, वरिष्ठ उपाध्यक्षमा नरेशकुमार श्रेष्ठ, उद्योग उपाध्यक्षमा भरतप्रसाद रेग्मी, वाणिज्य उपाध्यक्षमा लिलाराम खड्का, महासचिवमा महेन्द्र बुढाथोकी, सचिवमा विकाश वली, कोषाध्यक्षमा जगत आचार्य, सहकोषाध्यक्षमा माधव खनाल उम्मेद्वार रहनुभएको छ । यस्तै उद्योग सदस्यमा विक्रम राना, महिला सदस्यमा लिला नेपाली, वस्तुगत सदस्यमा विष्णुप्रसाद रिजाल, एशोसियट सदस्यमा युवराज पोख्रेल, वाणिज्य सदस्यमा रुद्रबहादुर जैशी, दिपक पण्डीत, निमबहादुर बुढाथोकी(टिका), युवराज पन्त,रामप्रसाद पोख्रेल, पुष्करराज न्यौपाने, नोर्बु तामाङ(लामा) र सुरज बुढाथोकी रहनुभएको छ ।